गण्डकीले १९.३१ प्रतिशत बोनस सेयर वितरण गर्ने - Naya Patrika
eNaya Patrika
  • ePaper

गण्डकीले १९.३१ प्रतिशत बोनस सेयर वितरण गर्ने

गण्डकी विकास बैंक लिमिटेडले कुल चुक्ता पुँजीको १९ दशमलव ३१ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयर जारीपश्चात् (बिक्री नभई बाँकी रहेको हकप्रद सेयर लिलाम गरी प्राप्त हुने रकमसमेत) कायम चुक्ता पुँजीबाट सो अनुपातमा बोनस सेयर वितरण गर्न लागेको हो ।

फागुन २६ गते बसेको कम्पनीको साधारणसभाको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया