बोटलर्स नेपाल (बालाजु)को नाफा १३ करोड १६ लाख - Naya Patrika
eNaya Patrika
  • ePaper

बोटलर्स नेपाल (बालाजु)को नाफा १३ करोड १६ लाख

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बोटलर्स नेपाल (बालाजु)ले १३ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ७ लाख ५७ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

चालू आर्थिक वर्षको पुस मसान्तमा कम्पनीको करअघिको नाफा ३१ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो नाफा ३ करोड ६९ लाख रुपैयाँ रहेको थियो । कम्पनीले सो अवधिमा सञ्चालनबाट ३० करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रहेको छ भने जगेडा कोष १ अर्ब १८ करोड १७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ सय ८ र मूल्य आम्दानी अनुपात (वार्षिक) ३४ रहेको थियो ।

तपाईको प्रतिक्रिया