बोटलर्स नेपाल (तराई)को नाफा १२ करोड ५८ लाख - Naya Patrika
eNaya Patrika
  • ePaper

बोटलर्स नेपाल (तराई)को नाफा १२ करोड ५८ लाख

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बोटलर्स नेपाल (तराई) ले १२ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ७ करोड २० लाख रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको पुस मसान्तमा कम्पनीको करअघिको नाफा ३० करोड १० लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो नाफा १० करोड १९ लाख रुपैयाँ रहेको थियो । कम्पनीले सो अवधिमा सञ्चालनबाट ३० करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख रहेको छ भने जगेडा कोष २ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ सय २३ र मूल्य आम्दानी अनुपात (वार्षिक) १३ रहेको थियो ।

तपाईको प्रतिक्रिया