बेलायतमा नेपाली सांगीतिक कार्यक्रम - Naya Patrika
eNaya Patrika
  • ePaper

बेलायतमा नेपाली सांगीतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रमा चर्चित गीतहरू पस्किसकेको पुरानो ब्यान्ड ओम माने पेमेका गायक राजु राजबाहकले आउँदो मार्च १७ तारिखमा बेलायतको अम्पायर ब्यान्क्वेट हलमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

बेलायतको थर्ड आई टिमले आयोजना गर्न लागेको ‘रुम्जाटार गुम्बा च्यारिटी नाइट २०१८’मा प्रस्तुति दिन उनी त्यता जान लागेका हुन् ।

‘मेरो बुद्धको कसम तोड्दिनँ, तिमीलाई नलगी छोड्दिनँ’, ‘फुल्चोकीको डाँडामुनि गोदावरी वन’, ‘मेरी सासूकी छोरी’लगायत दर्जनौँ गीत गाएर लाखौँ श्रोताको मन जित्न सफल ब्यान्ड ओम माने पेमेका भोकलिस्ट राजबाहक लामो समयपछि सांगीतिक क्षेत्रमा कमब्याक भएका हुन् ।

ब्यान्डका गायक राजबहाक तथा उनको ब्यान्डले १७ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेका हुन् । पुनरागमनसँगै विभिन्न सांस्कृतिक कार्यक्रम, मेला–महोत्सव तथा अन्य कार्यक्रममा ब्यान्ड र राजबाहकको व्यस्तता बढेको छ ।

बेलायतको एल्डरसट ह्याम्पसायरस्थित अम्पायर ब्यान्क्वेट हलमा हुने कार्यक्रममा राजबाहकसँगै वरिष्ठ गायक आनन्द कार्की, मीरा राणा, मौसमी गुरुङ, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, धनकुमारी थापालगायतले प्रस्तुति दिनेछन् ।

तपाईको प्रतिक्रिया