३० वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् - Naya Patrika
eNaya Patrika
  • ePaper

३० वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

तपाईंं महिला र ३० वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने केही कुरामा ध्यान दिन जरुरी हुन्छ, जुन काम अहिलेसम्म तपाईंंले नगरेको पनि हुन सक्छ । यस्तो अनुभवले फरक व्यक्तित्व निर्माणका लागि सघाउ पु-याउँछ ।

भाषण
तपाईं कसैलाई उत्प्रेरणा दिन चाहनुहुन्छ भने हजारौँको बीचमा भाषण गर्न सक्नुहुन्छ । जसका माध्यमबाट थुप्रै मानिसबीच चिनिन पनि सहयोग पु-याउँछ । र, तपाईं स्वयंका लागि पनि वर्षौंसम्म यादगार क्षण बन्न सक्छ ।

प्रेम गर्नुस्
अहिलेसम्म कसैको प्रेममा पर्नुभएको छैन भने एकपटक अवश्य गर्नुस्, जसले तपाईंलाई फरक अनुभूति दिलाउँछ । प्रेमविना मानिसको जीवन अपूरो रहन्छ । जिउनका लागि प्रेम पनि आवश्यक हुन्छ । यही प्रेम नै तपाईंको जीवनसाथी बन्न सक्छ ।

रोलमोडल बन्नुस्
तपाईं जिन्दगीमा कुनै यस्तो काम गर्नुस्, जसले रोलमोडल बन्न सहयोग पु-याओस् । जसले तपाईंको आत्मविश्वास बढाउने काम गर्छ । तपाईं बच्चा, युवा वा वृद्धवृद्धा जोसुकै बन्न सक्नुहुन्छ ।

यद्यपि, रोलमोडल बन्ने क्षेत्रको सीमितता हुँदैन । तपाईंलाई कुनै पनि क्षेत्रमा रोलमोडल बन्ने छुट छ ।

डर हटाउनुस्
प्रायः मानिसमा बच्पनको कुनै गतिविधिले डर हुने गर्छ । तर, यही उमेर अवधिमा तपाईं डराउने चिजसँग एकपटक पक्कै पनि सामना गर्नुस् ।

तर, आफ्नो जीवनलाई हानि नपु-याउने गरी । भिड, व्यापार या अरू कुनै चिजसँग डर छ भने सामना गर्नुस् । यसो गर्दा डरलाई काबुमा राखी खुलेर जिउन सक्नुहुन्छ ।

क्षमताको उजागर
३० वर्षको उमेरभन्दा पहिले नै कुनै यस्तो क्षमता बाहिर निकाल्नुस्, जसका कारण तपाईं निकै खुसी हुनुहुन्छ । जुन तपाईंको करिअरका लागि टर्निङ प्वाइन्ट पनि साबित हुन सक्छ । यस्तो कार्य जुनसुकै विधामा पनि गर्न सक्नुहुन्छ ।

एक्लै घुम्नुस्
मानिस केही समय एक्लै बस्न जरुरी हुन्छ । यस्तो बानीले आत्मज्ञान प्राप्त गर्न सहयोग पु¥याउँछ । यद्यपि, साथीसँगका पनि सुखद क्षण हुन सक्छन् । तर, एक्लै बस्दा जिन्दगीलाई अझ नजिकबाट बुझेर काम गर्न सक्नुहुन्छ ।

सम्भव भएको अवस्थामा एक्लै घुम्न निस्कनुस् । एक्लै यात्रा गर्दा तपाईं कम्फर्ट जोनबाट बाहिर निस्कनुहुन्छ । जसले आफूप्रति भरोसा बढाउँछ । यस्तो बानीले दुनियाँ बुझ्न पनि सघाउँछ ।

एड्भेन्चर गर्नुस्
जिन्दगीमा कुनै एड्भेन्चरको पनि अनुभव लिनुस् । आफूले आफैँलाई यस्तो चुनौती दिएर त्यसलाई सफल पार्नुहुन्छ भने तपाईंमा इनर्जी सञ्चार हुन्छ ।

जुन गतिविधिले केयौँ वर्षसम्म सुखमय अनुभूति गराउँछ । त्यसका लागि प्याराग्लाइडिङ, रिभर -याफ्टिङ, ट्रेकिङ, म्याराथुन आदि गर्न सक्नुहुन्छ ।

फिट रहनुस्
फिट रहन हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ । तर, महिलाले अफ्नो स्वास्थ्यबारे पूर्ण रूपमा ध्यान दिन अनवश्यक हुन्छ । ताकि, अरूलाई आकर्षित गर्न सहयोग मिलोस् ।

यस्तो समयमा गर्ने लापर्बाही जीवनभरका लागि हानिकारक साबित हुन्छ । फिट रहनका लागि जिम, रनिङ, योगा, कार्डियो एक्सरसाइजलगायतको सहारा लिन सक्नुहुन्छ ।

माफ गर्नुस्
गल्ती नगर्ने मानिस सायदै हुन्छ । जानी–नजानी हरेक मानिसले गल्ती गर्छ । गल्तीले सम्बन्धमा दरार उत्पन्न गराउँछ । त्यसैले गल्तीमा माफ गर्ने बानी बसाल्नु नै बढी बुद्धिमता हुन्छ । यस्तो बानीले तपाईंको व्यक्तित्वलाई पनि सुन्दर बनाउँछ ।

भाषा सिक्नुस्
भाषाको ज्ञानले व्यक्तित्व निर्माणमा निखार ल्याउने काम गर्छ । त्यसैले यो उमेर अवधिमा कुनै नयाँ भाषा सिक्ने प्रयास गर्नुस् । अरूलाई प्रभाव पार्न फ्रेन्च, स्पेनिस या इटालियन भाषा सिक्न सक्नुहुन्छ ।

नयाँ सिक्नुस्
ज्ञान हासिल गर्न उमेरको कुनै सीमा हुँदैन । जुनै उमेरमा पनि कुनै न कुनै कुरा सिक्न सक्नुहुन्छ । जसले जीवनलाई अझ महत्वपूर्ण बनाओस् ।

जीवनमा सधैँ केही न केही सिक्ने प्रयास गर्नुपर्छ । यद्यपि, ३० वर्षभन्दा कम उमेरमा अझ बढी सिक्ने ऊर्जा हुन्छ । त्यसैले कुनै न कुनै रचनात्मक या रोचक कुरा सिक्नुस् ।

जसले तपाईंको जीवनलाई महत्वपूर्ण बनाउन सहयोग पु¥याउँछ ।

तपाईको प्रतिक्रिया