भारतमा ‘इच्छामरण’लाई मान्यता - Naya Patrika
eNaya Patrika
  • ePaper

भारतमा ‘इच्छामरण’लाई मान्यता

भारतको सर्वोच्च अदालतले ‘इच्छामरण’लाई ससर्त मान्यता दिने फैसला सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र उपचार कसरी गराउने भन्ने अधिकार बिरामीको भएको भन्दै इच्छामरण गर्न पाउने फैसला सुनाएको हो ।

स्थायी रूपमै निष्क्रिय र केही बताउन नसक्ने अवस्थाका बिरामीले इच्छामरणका लागि आफन्तमार्फत अनुमति दिन सक्ने अदालतले जनाएको छ । अचेत अवस्थामा उपचार गराइरहेका वा उपचार गराउँदा झन् सिकिस्त भएकालाई उपचार नगराउन पाउने व्यवस्था गर्न सकिने अदालतको आशय छ ।

पाँचजना न्यायाधीशको नेतृत्व गरेका प्रधानन्यायाधीश दीपक मिश्रयले भने, ‘मानिसले जीवनको अन्त्य सम्मानजनक तरिकाले गर्न पाउँछन् ।’ कसैले इच्छामृत्यु चाहेमा उसको उपचार विवरण (मेडिकल रिपोर्ट)सहित अदालतमा निवेदन दिनुपर्ने र त्यसलाई अदालतले अनुमति दिन सक्ने आदेशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु