आरम्भको आइपिओ बाँडफाँड - Naya Patrika
eNaya Patrika
  • ePaper

आरम्भको आइपिओ बाँडफाँड

आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन २३ गते आइपिओ बाँडफाँड गरेको छ ।

कम्पनीले प्रतिकित्ता रू. १ सय अंकित मूल्यका कुल २ लाख ९४ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

 

सोमध्ये ८ हजार ८ सय २० कित्ता साधारण सेयर कर्मचारीहरूका लागि तथा १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँड गरिएको थियो ।

बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया