प्राइमको १ः१.६ हकप्रद आजदेखि - Naya Patrika
eNaya Patrika
  • ePaper

प्राइमको १ः१.६ हकप्रद आजदेखि

प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले आज (फागुन २७ गते)देखि एकबराबर १ दशमलव ६ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १ सय अंकित मूल्यका ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन बन्द हुने मिति ०७५ वैशाख २ गते रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सेयरधनीले सिद्धार्थ क्यापिटल, प्राइम लाइफ इन्स्योरेन्सका शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते सेयर दर्तापुस्तिका बन्द गरेको थियो ।

तपाईको प्रतिक्रिया