युनाइटेडले लिभरपुललाई हरायो - Naya Patrika
eNaya Patrika
  • ePaper

युनाइटेडले लिभरपुललाई हरायो

म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकाल्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थान बलियो बनाएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडका लागि दुवै गोल मार्कोस रास्फोडले गरेका थिए । खेलको १४औँ मिनेट र २४औँ मिनेटमा राफोर्डले व्यक्तिगत दुई गोल गर्दा युनाइटेडले मध्यान्तअघि २–० को अग्रता लियो ।

खेलको ६८औँ मिनेटमा आत्मघाती गोलसँगै लिभरपुलले युनाइटेडविरुद्ध २–१ को गोलअन्तर बनायो । युनाइटेडले शीर्ष स्थानमा म्यानचेस्टर सिटीसँग १३ अंकको दूरी झारेको छ । सिटीले २९ खेलबाट ७८ अंक जोडेको छ । युनाइटेडले ३० खेलबाट ६५ अंक बनायो । तेस्रो स्थानमा रहेको लिभरपुलको ६० अंक छ ।

रोनाल्डोको दुई गोल
स्पेनिस ला लिगामा शनिबार राति क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा रियल म्याड्रिडले एल्बरलाई २–१ ले पराजित गरेको छ । रियलले एट्लेटिको म्याड्रिडसँग ४ अंक छोट्याएको छ ।  रियलले २८ खेलबाट ५७ अंक तथा  एट्लेटिकोले २७ खेलबाट ६१ अंक जोडे ।

तपाईको प्रतिक्रिया