युएईमा नेपाली युवाले गरे आत्महत्या - Naya Patrika
eNaya Patrika
  • ePaper

युएईमा नेपाली युवाले गरे आत्महत्या

युएईको मिडिल इष्ट कम्पनिमा कार्यरत झापा दमक -४ का जित रार्इले झुण्डिएर आत्महत्या गरेका छन्।

बिगत ४ बर्ष देखि उक्त कम्पनिको सेक्युरिटी गार्डका रुपमा कार्यरत रार्इ १५ दिन पहिले मात्र घरबिदाबाट फर्किएका थिए ।

उनी सन्चो नभएको भन्दै २ दिन देखि काममा गएका थिएनन् । शनिबार बेलुका कोठामा नै साथीहरुसँग बसेर उनले रक्सी पिएका थिए ।

शनिबार झुण्डिएको अवस्थामा उनको शव लेबर क्याम्पको भर्याङमा भेटिएको कम्पनिमा कार्यरत झापाका हरि श्रेष्ठले बताए । उनको घरमा आमा, श्रीमती, ९ वर्षीया छोरी र ७ वर्षीय छोरा छन् । रार्इको शव पोस्टमार्टमको लागि प्रहरीले लगेको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया