६ महिनापछि खुल्यो सिरहा क्याम्पसको ताला - Naya Patrika
eNaya Patrika
  • ePaper

६ महिनापछि खुल्यो सिरहा क्याम्पसको ताला

क्याम्पस प्रसाशन र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच सहमति भएपछि आज सुर्य नारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा लगाईएको ताला करिब ६ महिना पछि खुलेको छ ।

आन्दोलनरत पक्ष अनेरास्ववियु र क्याम्पस प्रशासनबीच ७ सुत्रिय सहमति भएपछि गत असोज पहिलो साता लगाइएको ताला आज बल्ल खुलेको हो ।

गैरकानूनी नियुक्तिामा रोक, आर्थिक पारदर्शीता गर्नुपर्ने, शुल्क बृद्धि गर्न नपाईने, क्याम्पसमा शैक्षिक सुधार लगायतका मागहरु फागुनभित्र पुरा गर्नुपर्ने गरी सहमति भएको हो ।

क्याम्पस प्रशासनले लिएको समयभित्र माग पुरा गर्ने प्रक्रिया अघि नबढाए कडा आन्दोलन गर्ने अनेरास्ववीयु जिल्ला अध्यक्ष सुदन कुसियैतले चेतावनी दिए ।

उनले क्याम्पसको परिवर्तनका लागि तालाबन्दी गरिएको भन्दै सहमती कार्यान्वयन नभए चुप लागेर नबस्ने समेत बताए ।

तालाबन्दीको अवधिमा क्याम्पसमा देखा परेको सबैखाले समस्याको निकास दिन आफु सक्रिय भएर लाग्ने निमित्त क्याम्पस प्रमुख कृष्ण कुमार यादवले बताए ।

नियुक्ति बदर वा सदरबारे तत्कालै केही भन्न नमिल्ने निमित्त प्रमुख यादवले बताए । नियुक्ति सम्बन्धी ठोस परिपत्र प्राप्त भइसकेको छैन् । पत्र आएपछि मात्र केही बोल्ने मिल्नेछन् ’ उनले भने ।

तपाईको प्रतिक्रिया