बिना स्कर्टिङ दौडिन्छन् मन्त्रीका गाडी - Naya Patrika
eNaya Patrika
  • ePaper

बिना स्कर्टिङ दौडिन्छन् मन्त्रीका गाडी

समान्यतया : केन्द्रीय सरकारका मन्त्री आउने जानकारी पाउन साथ नेपाल प्रहरीको टोलीले स्कर्टिङ गरेर गन्तब्यसम्म पुर्याउने गरेको हामीले देख्दै आएका छौं ।

आफ्नो जिल्ला भएर जाने मन्त्री वा विशिष्ट ब्यक्तिलाई सुरक्षा दिँदै आफ्नो जिल्ला पार गराउँछ ।

तर कर्णाली प्रदेशमा भने अलि फरक देखिएको छ । यहाँका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको सुरक्षामा नेपाली सेना मात्र स्कर्टिङ गर्ने गरेका छन् ।

नेपाल प्रहरी वा शसस्त्र प्रहरीको टोली मुख्य मन्त्री शाहीले लिएको छैन कि पाएको छैन बुझ्न अन्य मन्त्रीले समेतले बुझ्न सकेको छैन ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको छ । उनका लागि सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जना सुरक्षाकर्मी खटिएको सशस्त्र प्रहरी बल रक्तकाली गण बांगेसिमलका प्रमुख एसपी सुदेश कुमार गुरुङले बताए ।

अन्य मन्त्रीका लागि असईको कमाण्डमा एकजना हवल्दार परिचालन भएको उनले बताए । ‘मन्त्रीको ब्यक्तिगत सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएका छन्,’ उनले भने ।

सभामुख र उपसभामुखको ब्यक्तिगत सुरक्षाको जिम्मा नेपाल प्रहरीले पाएको छ । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालको सुरक्षा पनि सशस्त्र प्रहरीले नै लिएको छ ।

प्रदेश प्रमुखका लागि असई र हवल्दार परिचालन भएको एसपी गुरुङले जानकारी दिए । पहिले उनको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका थिए ।

भिआइपीको स्कटिङ गर्न गाडी अभाव
मुख्यमन्त्रीको सुरक्षाका लागि नेपाली सेना खटिएको छ । भने, प्रदेश प्रमुख र मन्त्रीहरुको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको छ ।

सभामुख र उपसभामुख ब्यक्तिगत सुरक्षाको जिम्मा नेपाल प्रहरीले पाएको छ । सवारी साधन नभएका कारण प्रदेश प्रमुख, मुख्य मन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरुको स्कटिङ गर्न नसकिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका प्रमुख एसपी गुरुङले बताए ।

उनले गाडी खरिद गर्न सक्ने अवस्था अहिले नभएकोले स्कर्टिङको ब्यवस्था हुन लामो समय लाग्ने अनुमान गरे ।

‘नयाँ बजेट विनियोजन भए गाडी खरिद गर्न सकिएला, अहिलेको बजेटले किन्न सकिने सम्भावना छैन,’ उनले भने, ‘गाडीको ब्यवस्था भए स्कर्टिङ टोलीको तत्काल ब्यवस्था गर्न सकिन्छ ।’

मन्त्रालय सुरक्षार्थ खटिएनन् सुरक्षाकर्मी
सुरक्षाकर्मीको कडा सुरक्षा जाँचपछि मात्र केन्द्रीय सरकारका मन्त्रालय प्रवेश गर्न पाइन्छ, तर कर्णाली प्रदेशका मन्त्रालयमा सहज रुपमा प्रवेश गर्न सकिन्छ ।

मन्त्रालयको गेटमा न त सुरक्षाकर्मी परिचालन भएका छन् न त सरकारी कर्मचारी नै हुन्छन् ।

सरकारले मन्त्रालयको सुरक्षा गर्ने जिम्मा कुनै पनि सुरक्षा निकायलाई जिम्मा नदिएकोले सुरक्षाकर्मी परिचालन हुन नसकेको कर्णाली प्रदेशका प्रमुख सचिव सुरेश प्रधानले बताए ।

उनले मन्त्रालयको सुरक्षार्थ खटिने सुरक्षाकर्मी बस्ने संरचना निर्माण भइरहेको बताए ।

क्षेत्रीय कार्यालय र मन्त्रालयको काम एउटै भवनबाट भइरहकोले पनि मन्त्रालयको गेटमा सुरक्षा जाँच गर्ने ब्यवस्था मिलाउन कठिनाई भएको उनले बताए ।

‘क्षेत्रीय कार्यालय खारेज नभएकोले सुरक्षाकर्मी राख्न समस्या भएको छ,’ उनले भने, केही दिनभित्र सुरक्षाकर्मी परिचालन हुन्छन् ।’

झुक्दिै सर्वसाधारण
मन्त्री र सरकारका उच्च पदस्थ पदाधिकारी सवार गाडीको सुरक्षाकर्मीले स्कटिङ नगरेपछि सर्वसाधारण अलमलमा पर्ने गरेका छन् ।

झण्डा भएको गाडीमा मन्त्री र उच्च पदस्थ ब्यक्ति मात्र चढ्छन् भन्ने बुझेकाले मन्त्रीको गाडी भएको थाहा पाए पनि अन्य सर्वसाधारणलाई जानकारी नहुने गरेको वीरेन्द्रनगरका राजकुमार जैसीले बताए । उनले झण्डा देखेरमात्र मन्त्रीको गाडी भएको ठम्याउने गरेको बताए ।

सामाजिक विकास मन्त्री दल रावल आज विहान करिव ८ बजे नमस्ते टुडेले कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्र नगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन कार्यक्रम स्थलमा पुगे ।

उनी आफ्नो निवासबाट झण्डा भएको गाडी चढेर कार्यक्रम स्थल पुगे । मन्त्री रावल कार्यक्रम स्थलमा पुग्दा आयोजक एकछिन अलमलमा परेका थिए ।

सुरक्षाकर्मीको स्कर्टिङ नदेखेपछि आयोजक अलमलमा परेको मन्त्रीका स्वकिय सचिव नन्द बहादुर रोकायले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु