फागुन १३ गते आइतबारको राशिफल - Naya Patrika
eNaya Patrika
  • ePaper

फागुन १३ गते आइतबारको राशिफल

मेष ) बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन हुनेछ । प्रियजन भेट हुनेछन् । यात्राको अवसर मिल्नेछ । स्वास्थ्य खराब रहनेछ ।

बृष ) मानसम्मान प्राप्त हुनेछ । व्यवसायमा उन्नति हुनेछ । धन सञ्चित हुनेछ । अध्ययनमा रुचि घट्नेछ । पति–पत्नीमा विवाद हुनेछ ।

मिथुन ) मन प्रसन्न रहनेछ । धन आर्जन गर्न सजिलो पर्नेछ । धार्मिक आस्था बढ्नेछ । वैदेशिक व्यापारको अवसर मिल्नेछ । ठूला व्यक्ति प्रभावित हुनेछन् ।

कर्कट ) आम्दानी गर्न कडा मिहिनेत गर्नुपर्नेछ । अध्ययनमा बाधा हुनेछ । शत्रु सक्रिय हुनेछन् । पराक्रम घट्नेछ । मन अस्थिर रहनेछ ।

सिंह ) सञ्चित धन हानि हुनेछ । आफन्तले विरोध गर्नेछन् । व्यापारमा बाधा आउनेछ । घरायसी झमेला पर्नुका साथै परिवारको स्वास्थ्य बिग्रिन सक्छ ।

कन्या ) आकस्मिक धन लाभ हुनेछ । बौद्धिकताको प्रशंसा हुनेछ । वैदेशिक यात्राको सम्भावना छ । राजनीतिक क्षेत्रमा उन्नति हुनेछ । अध्ययनमा रुचि घट्नेछ ।

तुला ) सामाजिक प्रतिष्ठा घट्नेछ । मन अस्थिर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । प्रियजन रिसाउनेछन् । सञ्चित धन हानि हुनेछ

बृश्चिक ) झुटो आरोप आउनेछ । शत्रु सक्रिय हुनेछन् । वादविवादमा अघि नबढ्नुहोला । वैदेशिक यात्राको अवसर मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ ।

धनु ) घरजग्गा जोड्ने अवसर मिल्नेछ । पदोन्नतिको सम्भावना छ । शत्रु परास्त हुनेछन् । मानसिक तनाव बढ्नुका साथै स्वास्थ्यमा समस्या आउनेछ ।

मकर ) पराक्रम बढ्नेछ । ठूला कार्य सम्पन्न गर्न सकिनेछ ।धन सञ्चित हुनेछ । व्यावसायिक सफलता मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।

कुम्भ ) व्यवसायमा उन्नति हुनेछ । प्रशस्त धन आर्जन हुनेछ । प्रियजनको सहयोग मिल्नेछ । आँटेका कार्य पूरा गर्न सकिनेछ । चोटपटकको सम्भावना छ ।

मिन ) मानसम्मान बढ्नेछ । शत्रु परास्त हुनेछन् । बौद्धिकताको प्रशंसा हुनेछ । मिष्ठान्न भोजन हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

ज्यो. पुष्पकला कौशिक
फोनः ०१–५२११२३३ मो. ९८५१०८१६६८

तपाईको प्रतिक्रिया