पत्रकार कुट्ने अध्यक्षको बचाउ गर्दै एनआरएन कुवेतले भन्यो ‘संस्थालाई बदनाम गर्न खोजियो’ - Naya Patrika
eNaya Patrika
  • ePaper

पत्रकार कुट्ने अध्यक्षको बचाउ गर्दै एनआरएन कुवेतले भन्यो ‘संस्थालाई बदनाम गर्न खोजियो’

गैरआवासीय नेपाली संघ कुवेतले संघलाई म्यानपावर व्यवसायसँग जोडेर समाचार आएको भन्दै खण्डन गरेको छ ।

संघका महासचिव हरि लावतीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न अनलाइन समाजिक सञ्जालहरूमा विना आधिकारीक समाचार, सत्य तथ्य नबुझी अफवाहरूमा फैलाएको समाचारप्रति गैरआवासीय नेपाली संघ कुवेतको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अप्रत्यासित घटना भएको र उक्त घटनाको एकआपसमा मेलमिलाप भएको पनि उल्लेख गर्दै सोही घटनापछि नैतिक रूपमा पदबाट राजीनामा दिएका अध्यक्ष अर्जुन तामाङलाई आफ्नो राजीनामा फिर्ता गरी पदीय जिम्मेवारीमा निरन्तरता दिन कार्यसमितिले अनुरोध गरेको छ ।

घरेलु कामदारको रूपमा कुवेतमा महिलाहरू ल्याउने काम गरिरहेका अध्यक्ष तामाङले गत आइतबार समाचार लेखेकै आधारमा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भौतिक आक्रमण गरेका थिए । तामाङको आक्रमणबाट पत्रकार न्यौपानेको निधार, नाक र मुखमा चोट लागेको थियो ।

सामाजिक सञ्जालमा घटनाको चर्को विरोध र गैर आवासीय नेपाली संघ आईसिसीलाई उनको निलम्बनका लागि अन्तर्राष्ट्रिय दबाब परिरहेका वेला घटनाको नैतिक जिम्मेवारी लिँदै तामाङले अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु