पूर्णकला बिसी र रामु बिसीको “कस्तो भाग्य” - Naya Patrika
eNaya Patrika
  • ePaper

पूर्णकला बिसी र रामु बिसीको “कस्तो भाग्य”

लोकदोहोरी क्षेत्रकी चर्चित गायिका पूर्णकला बिसी र गायक रामु बिसीको स्वर रहेको ‘कस्तो भाग्य’ बोलको गीत सार्वजनिक भएको छ । अशोक केसीको शब्द तथा रोहिम थापाको संगीत रहेको उक्त गीत युट्युब च्यानल बिन्दबासिनी म्युजिकमार्फत केहीदिनअघि सार्वजनिक भएको हो । विदेशीको पीडा रहेको उक्त गीतको भिडियो पनि सार्वजनिक भएको छ । जसमा अशोक, सुजता, रोहिम, सिर्जना, रविनलगायतले अभिनय गरेका छन् । जुन भिडियोको निर्देशन गौरव गिरीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया