मध्यमस्र्याङ्दी जलविद्युत ७ दिनका लागि बन्द - Naya Patrika
eNaya Patrika
  • ePaper

मध्यमस्र्याङ्दी जलविद्युत ७ दिनका लागि बन्द

७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि सात दिन बन्द हुने भएको छ । आयोजना बिहीबार राति १० बजेबाट सात दिनसम्म बन्द गर्न लागिएको आयोजनाका केन्द्र प्रमुख पशुपतिराज गौतमले जानकारी दिए ।

‘आयोजना बन्दको सबै तयारी पूरा भएको छ, आजै राति १० बजेबाट आयोजना बन्द हुन्छ,’ केन्द्र प्रमुख गौतमले भने । उनका अनुसार, शुक्रबार बिहानबाट आयोजनाको मर्मत कार्य सुरु हुने छ ।

गौतमका अनुसार, मध्यमस्र्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको हो । उनले भने मर्मतकार्य चौबीसै घण्टा सञ्चालन हुनेछ ।

आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पुर्याउन थालेपछि मर्मत गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया