दैलेख जिप दुर्घटनामा ४ को मृत्यु, ३ जना गम्भीर घाइते - Naya Patrika
eNaya Patrika
  • ePaper

दैलेख जिप दुर्घटनामा ४ को मृत्यु, ३ जना गम्भीर घाइते

दैलेख देखि महावु गाउँपालिका जाँदै गरेको लु १ ज ३५३२ नम्बरको जिप महाबु गाउँपालिकाको ओखलढुंगा भन्ने स्थानमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

मृत्यु हुनेमा महावु ६ का श्रवण शाही, महावु–३ कि निर्मला पाण्डे, बि.न.पा.का तिलक ढकाल, महावुकै निर्मला शाही छन् । घाईते भएका तीन जनाको उपचार र थप उद्धारका लागि जिल्ला सदरमुकाम दैलेख बजारबाट प्रहरी टोली घटनास्थलमा पुग्दै गरेको छ ।

मृत्यु भएका मध्ये श्रवण शाही, निर्मला पाण्डे र निर्मला शाही महावु गाउँपालिकामा भएको सव–ओबरसियरको परिक्षा दिनका लागि महावु जाँदैथिए । घटनाबारे बिस्तृत बिवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया