लहानमा बम विष्फोट, एक जना गम्भीर घाइते, घटनास्थलमा गोइत समुहको पर्चा - Naya Patrika
eNaya Patrika
  • ePaper

लहानमा बम विष्फोट, एक जना गम्भीर घाइते, घटनास्थलमा गोइत समुहको पर्चा

सिरहाको लहानको मुख्य चौकमा शक्तिशाली बम बिष्फोट भएको छ । बम बिष्फोटबाट शुभलाभ किराना पसल संचालक अनिल अग्रवाल घाइते भएको छन् । घाइतेको लहानस्थित क्लिनिकमा उपचार भइरहेको छ ।

 बिष्फोट भएको ठाउमा तराईमा भुमिगत गतिविधि गरिरहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।

२४ घण्टे सशस्त्र प्रहरी र नेपाल प्रहरीको डिउटी रहने ठाउमा दिउसो १ बजे प्रेसर कुकर बम बिष्फोट गराइएको हो । टायम सेट गरिएको प्रेस कुकर बम दिनदहाडै बिष्फोट भएपछि स्थानीयहरु त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया