बाल विवाहविरुद्ध लड्दै नायिका रेखा थापा - Naya Patrika
eNaya Patrika
  • ePaper

बाल विवाहविरुद्ध लड्दै नायिका रेखा थापा

नवलपरासीको बर्दघाट नगरपालिकाद्धारा बालविवाह मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । बुधवार बर्दघाट नगरपालिकामा आयोजना गरिएको जागरण अभियान कार्यक्रममा नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका बनाउने अभियान सुरु भएको घोषणा गरे ।

नगरपालिकाको प्रयासले मात्र यस अभियानलाई सफल बनाउन नसक्ने भन्दै नगर प्रमुख बस्यालले सम्पुर्ण नगरवासी यस अभियानका अभियान्ता बन्नुपर्नेमा जोड दिए ।

बर्दघाट नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा छोरीका लागि स्वर्णीम देश बनाउने अभियानमा लागेका नायिक रेखा थापा र नरबहादुर कार्कीले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नायिक तथा अभियान्ता थापाले बालविवाह नरोकिएसम्म देशका आधा जनसंख्या महिलाको भविश्य अन्धकार हुने भन्दै यसले महिलाको मात्र नभएर देशको सामाजिक र आर्थिक विकासमा समेत नकारात्मक असर पार्ने धारणा व्यक्त गरिन् ।

उनले जबसम्म महिला र पुरुष समान हैसियतमा आउँदैनन तबसम्म अन्य विकासका कार्यले जतिनै फड्को मारेपनि त्यसको औचित्य नहुने दाबी गरिन् ।

कार्यक्रममा बोल्दै जिवन प्रशिक्षक तथा अभियान्ता नरबहादुर कार्किले विश्वका अन्य देशको तुलनामा छोरीका लागि नेपाल संकटग्रस्त देशकाे पहिचान बनाएकाे बनाए ।

कार्कीले छोरीप्रति हुने विभिन्न विभेदलाई हटाउन हाम्रा कुरिति र कुसंस्कारपूर्ण व्यवहार परिवर्तन गर्नु आवश्यक भएकोमा जोड दिए । अभियान अन्र्तगत बुधवार नगरभित्रका विभिन्न विद्यालयका बालबालिका, अभिभावक, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिबीचजागरण कार्यक्रम गरिएको थियाे ।

तपाईको प्रतिक्रिया