अपडेट : मनोज पुनलाई १२, सोमबहादुर आलेलाई १० गोली - Naya Patrika
eNaya Patrika
  • ePaper

अपडेट : मनोज पुनलाई १२, सोमबहादुर आलेलाई १० गोली

हत्या र फिरौती आतंकका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवदहमा प्रहरी माथि पुनले फायर गरेपछि जवाफी कारवाही गर्दा पुनसहित उनका सहयोगीलाई गोली लागेको थियो । पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आले पनि मारिएका छन् ।

मनोज पुनलाई १२ गोली

मनोज पुनलाई १२ गोली लागेको छ । अगाडीको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ।

सोम बहादुर आलेलाई १० गोली
पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनकाे छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी  १० गोली लागेको छ ।

बिहान साढे ३ बजे प्रहरी इन्काउन्टर

रुपन्देहीको देवहद नगरपालिका-४ भवानीपुरमा आज  बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा गम्भीर घाइते भएका पुन र आलेको बिहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख ज्ञवालीले बताए । रुपन्देहीमा पुन आएको भन्ने सुचनाका आधारमा प्रहरी टोलि खटिएको थियो ।

सिआइबीका एसएसबी घनश्याम अर्यालले पुन र उनका सहयोगी आले प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरेका छन् । प्रहरीले पुनका साथबाट एउटा पेस्तोल समेत बरामद गरेको छ ।

पुन देवदह निवासी हुन् । गुण्डा नाइके पुनले युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्यामा आफ्नो संलग्नता रहेको सञ्चार माध्यमबाट बताउँदै आएका थिए  । विभिन्न हत्या तथा आंतकमा पुन मुख्य फरार अभियुक्त हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु