logo

bar

अनुभवीले डुबाए, नवप्रवेशीले जाेगाए

नयाँ पत्रिका काठमाडाैं, २ फागुन | फागुन ०२, २०७४

नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टू मा लिग चरणकाे अन्तिम खेलमा क्यानडाविरूद्ध हासिल भएकाे राेमाञ्चक जितले नेपाली क्रिकेट प्रेमीलार्इ ठूलाे खुसी दिएकाे छ ।

जितपछि नेपाल प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकाे भने जिम्बाम्बेमा हुने विश्वकप छनाेटमा सहभागी हुन पाउने पक्का भएकाे छ ।

तर, जितकाे खुसीमा रमाइरहँदा कमजाेर ब्याटिङका कारण नेपाली क्रिकेटका अागामी दिन अझ संकटपूर्ण छन् भन्ने चिन्ता पनि थपिदिएकाे छ ।

जारी प्रतियाेगितालार्इ हेर्ने हाे भने नेपाल केवल बलरहरूकाे प्रदर्शनका अाधारमा मात्र फाइनलसम्म पुगेकाे हाे भन्दा गतल हुँदैन । पहिलाे खेलदेखि नै नेपाली बलरकाे दबदबा प्रतियाेगिताभर रह्याे । ठीक विपरीत ब्याटिङमा नेपाल एकपछि अर्काे खेलमा कमजाेर बन्दै गयाे ।

याे प्रतियाेगिताका अहिलेसम्मका खेल हेर्दा अाेपनिङमा सबैभन्दा ठूलाे समस्या देखियाे । त्यस्तै टिममा ब्याट्सम्यानका रूपमा समावेश गरिएका र विगतमा धेरैपटक उत्कृष्ट इनिङ खेल्दै नेपाललार्इ जित दिलाएका मुख्य ब्याट्सम्यानहरू कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, मध्यक्रमका भरपर्दा मानिने शरद भेषावकर चल्न सकेनन् ।

एउटा खेलमा पारसले अर्धशतक प्रहार गरे भने अन्य खेलमा अत्यन्त कमजाेर प्रदर्शन रह्याे । डु अर डाइ काे अवस्थामा रहेकाे क्यानडाविरूद्धकाे खेलमा जसरी गैरजिम्मेवार सट प्रहार गर्दै तीनैजना ब्याट्सम्यान अाउट भए, त्यसले अागामी दिनमा ब्याटिङ र सट चयनमा ठूलाे सुधारकाे अावश्यकता रहेकाे देखायाे ।

टस जितेर पहिले बलिङ गर्दै क्यानडालार्इ २०० भन्दा कम रनमा राेकेपछि जुन धैर्यता विकेटमा देखाउनुपर्थ्याे त्याे धैर्यता तीनैजनाले देखाउन सकेनन् । स्पेशलिष्ट बलरका रूपमा टिममा समावेश गरिएका करण केसीले विस्फाेटक ब्याटिङ र सन्दीपले संयमित साथ नदिएकाे भए यतिबेला जितकाे खुसी मनाइरहेका समर्थक शुभचिन्तक धारे हात लगाइरहेका हुन्थे ।

प्रतियाेगिता भर बलिङमा सन्दीप उत्कृष्ट लयमा छन् । उनकाे बलिङ किफायती पनि देखिएकाे छ । वसन्त रेग्मी, साेमपाल कामीकाे प्रदर्शन पनि राम्राे छ । स्वयम् पारसले ब्याटिङभन्दा बलिङमा राम्राे प्रदर्शन गरेका छन् ।

ब्याटिङमा पुराना र भरपर्दा भनिएकाहरू फ्लप भइरहेका वेला यही प्रतियाेगिताबाट डेब्यु गरेका राेहितकुमार पाैडेल, अारिफ शेखले भरपर्दाे प्रदर्शन गरेका छन् । बलरकाे भूमिकामा रहने करनकाे क्यानडाविरूद्धकाे विस्फाेटक ब्याटिङकाे जति प्रशंसा गरे पनि कम हुन्छ ।

अहिलेसम्म जे जस्ता कमजाेरी भए पनि अब नेपालका सामु डिभिजन टुकाे उपाधि लिएर घर फर्कने अवसर छ । त्यसका लागि मुख्य त पारस, ज्ञानेन्द्र र शरदसँगै अाेपनिङमा अाउने ब्याट्सम्यान फर्ममा अाउन जरूरी छ ।

विश्वकप छनाेट प्रतियाेगितामा अझ बढी प्रतिस्पर्धा हुने भएकाले ब्याटिङमा ब्यापक सुधार ल्याउनैपर्छ । अन्यथा बलिङकाे भरमा मात्रै विश्वकप पुग्ने सपना देखियाे भने त्याे दिवास्वप्न मात्र हुनेछ ।

तपाईको प्रतिक्रिया