logo

bar

निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउँदै

नयाँ पत्रिका काठमाडाैँ | फागुन ०२, २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । बुधबार बेलुकी ८ बजे निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएका हुन् ।

सबै दलहरुबाट प्रतिनिधिसभातर्फको सच्याइएको अन्तिम नामावली निर्वाचन आयोगलाई प्राप्त भएकाले आजै बुझाउने आयोग स्रोतले जानकारी दियो ।

यता निर्वाचनबाट पहिलो दल भएको एमालेले स्थायी समितिको बैठकबाट अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको छ । तर, एमाले र माअाेवादीबीच अालाेपालाे सरकारकाे नेतृत्व गर्नेगरी पार्टी एकता प्रकृयालार्इ अगाडि बढार्इ रहेका छन् । अाेली वा प्रचण्ड मध्ये कसले पहिला सरकारकाे नेतृत्व गर्ने भन्ने विषयकाे छिनाेफाेनाे हुन भने हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु