logo

bar

एमाले-माअाेवादी अान्तरिक छलफलमा, पार्टी एकता अाजै टुंग्याउने

अमुल थापा ललितपुर | फागुन ०२, २०७४

एमालेको आकस्मिकरुपमा स्थायी समितिको बैठक बसेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता सकिए लगत्तै एमालेको स्थायी समितिको बैठक बसेको हो । बैठक ललितपुरस्थित मानभवनमा शरदप्रसाद गाैतमकाे घरमा वसिरहेको छ ।

प्रचण्डसँगको वार्तापछि ओलीले आकस्मिक बैठक बोलाएको बुझिएको छ । यता माओवादी पनि आन्तरिक छलफलमा जुटेको छ । पार्टी एकताको विषयलाई आज नै टुंगोमा पुर्‍याउने कसरतका साथ एमाले–माओवादी छलफलमा जुटेका हुन् । दुवै दलको आन्तरिक बैठक सकिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने वाम गठबन्धनका एक नेताले जानकारी दिए । एकताकाे ड्राफ्ट अाजै सार्वजनिक गर्ने गरी तयारीमा जुटेकाे उनले बताए ।

तपाईको प्रतिक्रिया