logo

bar

रौतहटमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्धारा २१ राउण्ड अश्रुग्यास प्रहार

अशोक पहाडी राैतहट | फागुन ०२, २०७४

रौतहटमा स्थानीय र प्रहरीबीच झडप भएको छ । बृन्दावन नगरपालिकाको कार्यालय सारेको विषयमा स्थानीय आक्राशित भएका थिए । प्रहरीले स्थिति सामान्यीकरण गर्नका लागि २१ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

अहिले पनि सो नगरपालिकाको विश्रामपुरमा तनाव जारी छ । आवश्यक सुरक्षाका लागि भन्दै थप प्रहरी फोर्स बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी जनाएको । झडपमा परी एक बालक घाइते भएका छन् । घटनाको थप जानकारी आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु