logo

bar

नाटक मार्फत सचेतना फैलाउँदै विद्यार्थी

शान्ता कमली/नयाँ पत्रिका लमजुङ, २ फागुन | फागुन ०२, २०७४

नमूना बिद्यालयका रुपमा अघि बढेको बेसीशहर नगरपालिका–२ भकुण्डे तालफाँटमा रहेको मनकामना आवसिय अंग्रेजी माध्यमिक विद्यालयले सचेतना जगाउँदै २६औँ बार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयका विद्यार्थीले ‘दाईजो’ र ’आमाको भूमिका’ नामक सचेतना मूलक नाटक प्रस्तुत गरेका छन् । दाईजो नाटकले बुहारी भन्दा ठूलो दाईजो नहुने र आमाको भूमिका नाटकले बालबालिकाको लागि आमाको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको थियो । विद्यार्थीले देखाएको उक्त दुबै नाटक अत्यन्तै सान्र्दभिक र सचेतना मूलक भएको भन्दै कार्यक्रममा सहभागीहरुले रुचीका साथ हेरेका थिए । दाईजो कक्षा ९ र आमाको भूमिका कक्षा १० का विद्यार्थीले प्रर्दशन गरेका हुन् ।

बार्षिकोत्सव तथा अभिभावक दिवसकको लमजुङको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश नम्बर–४ का सांसद धनञ्जय दवाडीले उद्घाटन गर्दै विद्यार्थी असल र राम्रो बनाउन विद्यालयको मात्र नभई घरपरिवार र समाजको महत्वपूर्ण भूमिका हुने बताए । सांसद दवाडीले गुणस्तरीय र व्यवसायिक शिक्षाका जोड दिँदै शिक्षामा गरिएको लगानी खेर नजाने दावी गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लमजुङका अध्यक्ष तारानाथ घिमिरे, वडा नम्बर २ का अध्यक्ष गणेश बहादुर कंडेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण के.सी, विद्यालयका संस्थापक राजेन्द्र बोहरा, नेकपा एमालेका प्रतिनिधि विष्णुबहादुर कंडेल, नेपाली काँग्रेसका तिलकबहादुर थापा र नेकपा माओवादी केन्द्रका विरबहादुर बोहरा, ल्याण्डस्टार बोर्डिङ स्कूलका प्रिन्सीपल ईश्वर पौडेल, कालिका मिलन माविका अध्यक्ष मंगलसिं गुरुङ, बालकल्याण माविका सहायक प्रधानाध्यापक भरत खडका, मनकामनाका शिक्षक परशुराम धिताल, तालदृश्य हरित समाजका अध्यक्ष गुमानसिं कंडेलले बाहिर रहेका विद्यार्थीलाई विद्यालयमै फर्काउनु पर्नेमा जोड दिए ।

बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका प्रिन्सीपल सम्मर खड्काले मन्टेश्वरी विधिबाट पढाइने, पुस्तकालयको राम्रो व्यबस्था, विज्ञान प्रयोगशाला, विद्यालयमा व्यवस्थित रुपमा अतिरिक्त क्रियाकलाप, शिक्षक तथा अभिभावकलाई तालिम, बैज्ञानिक तथा व्यवहारिक शिक्षा जस्ता दर्जनौ योजनाहरु विद्यालयले अघि ल्याएर कार्यान्वयन तर्फ अघि बढेको बताए । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले मनोरञ्जनपूर्ण गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

सहायक प्रिन्सीपल बलराम जोशीले सबैको सहयोग भएमा विद्यालयलाई नमूना विद्यालयलका रुपमा अघि बढाउन सकिने बताए । नमूना बिद्यालयका रुपमा अघि बढ्ने कार्य योजना सहित विद्यालयलाई व्यबस्थित रुपमा अघि बढाउने प्रयासमा भइरहेको र विद्यालयमा शिक्षकहरुको राम्रो टिम आएकोले विद्यालयले अबका दिनमा अझै गति लिने नेपाल सामुदायीक उच्च माध्यमिक विद्यालय शिक्षक युनियन लमजुङका अध्यक्ष समेत रहेका विद्यालयका संस्थापक अमृत सुवेदीले जानकारी दिए ।

विद्यालयले व्यवस्थित र राम्रो योजना अघि ल्याएकोले अभिभावकले विभिन्न कारणले बाहिर रहेका विद्यार्थी समेत पुन :विद्यालयमा फर्कन थालेको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द खड्काले बताए । अग्रेजी शिक्षाको मोहका कारण २०४८ सालमा स्थापना भएको मनकामना आवसिय मावि आफ्नै ४ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा र सुविधा सम्पन्न भवनमा रहेको छ । वोडिङमा हाल ३ सय ५० जना विद्यार्थी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु