logo

bar

कारको ठक्करबाट वृद्धको मृत्यु

नयाँ पत्रिका बेलबारी, २ फागुन | फागुन ०२, २०७४

मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट सोही नगरपालिका –३ बस्ने ७२ वर्षीय बृद्ध विष्णु सुब्बाको गएराति मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १८ च २२४० नम्बरको कारले साइकलयात्री सुब्बालाई सुन्दरहरैचा–७ स्थित विश्वकर्मा मन्दिर नजिकै साँझ ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराति मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया