logo

bar

३१ तोला चाँदीसहित ३ जना भारतीय पक्राउ

रंजन भण्डारी महोत्तरी, २ फागुन | फागुन ०२, २०७४

जिल्लाको सम्सीस्थित शसस्त्र प्रहरी चेकपोष्टले ३१.४ तोला चाँदीको पुरानो गहना सहित ३ जना भारतीयलाई पक्राउ गरेको छ । ज६प ४२१४ नं.को सुजुकी मोटरसाईकलमा सवार भई भारततिरबाट नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा चाँदी र नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारतको सितामढी बस्ने वर्ष २१ को अजय कुमार साह, वर्ष २२ को विक्की कुमार साह र सोहि ठाउँ बस्ने वर्ष २८ को राजु साह रहेका छन् । शसस्त्र प्रहरीले पक्राउ परेका तिनै जनालाई जलेश्वर भन्सार कार्यालय, मलिवारामा बुझाएको छ ।

उनीहरुसंग नेपाली रुपैयाँ ३४ हजार ४०० र भारतीय रुपैयाँ २१ हजार ३७० साथै एकथान मोबाईल समेत शसस्त्र प्रहरीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु