logo

bar

नेविसंघ सुधार्ने जिम्मा कसको ?

सुशील भट्ट काठमाडौं, २ फागुन | फागुन ०२, २०७४

पछिल्लो समय राजनीतिक वृत्तमा कांग्रेसले हालै सम्पन्न तीनै चरणको निर्वाचनमा व्यहोरेको हारको समीक्षा भइरहेको छ । कांग्रेसको हारका पछाडि विभिन्न कारण औँल्याइएका छन् । नेतृत्वको अक्षमता, कमजोर सांगठनिक उपस्थिति र भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नुलाई कांग्रेसको हारको कारण ठान्नेहरू धेरै छन् । तर, के कांग्रेसका भ्रातृ संस्था चलायमान छन् त ? वा उनीहरूको संगठन त्यति चुस्त छ त ? तिनले माउपार्टीको चुनावी नतिजालाई फेरबदल गर्न सक्ने ल्याकत राख्छन् त ? यो प्रश्न अहिले कांग्रेसका भ्रातृ संगठनले आफैँलाई सोध्ने वेला भइसकेको छ ।

सुशील भट्ट

 

कांग्रेसको नर्सरीको रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) आज इतिहासको कमजोर मोडमा आइपुुगेको छ । कुनै समय यस्तो थियो, कलम र मसालअंकित झन्डा सडकमा नफहराएसम्म विद्यार्थी आन्दोलनले उचाइ लि“दैनथ्यो । झन्डै ५ दशक पुग्न लागेको नेविसंघको इतिहास यति गर्विलो छ कि सबै किसिमको परिवर्तनको नेतृत्व उसले गर्दै आएको छ । तर, विडम्बना, आज विद्यार्थी आन्दोलनको नेतृत्व त परैको विषय, संगठनमै एकता कायम गर्न नेतृत्वले नसक्दा नेविसंघ नै गुट र उपगुटमा विभक्त भएको छ । झन्डै १० वर्षपछि निर्वाचनमार्फत नेतृत्व पाएको नेविसंघमा नयाँ ऊर्जा उत्पन्न हुुने आमविद्यार्थीमा आशा थियो । त्यहीअनुरूप अधिवेशनलगत्तै पहिलो बैठकमा हरेक क्याम्पस र विवादित जिल्लाको समस्या हल गर्ने भनियो पनि । आज निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको १७ महिना बितिसक्दा पनि विवाद हल भएको छैन, बरु टीके नेतृत्व छान्दा अन्यत्र पनि विवादको लहरो तानिएको छ । काठमाडौं उपत्यकाका २० भन्दा बढी प्रमुख क्याम्पसमा नेविसंघ नेतृत्वविहीन छ । यस्तै देशभरमा ३४ जिल्ला समिति रिक्त छन् भने अन्य जिल्ला समिति दुुई वर्ष नाघेर विधानतः अधिवेशन गर्नुपर्ने अवस्थामा छन् । औँलामा गन्न सकिने केही जिल्ला र क्याम्पसबाहेक धेरै क्षेत्र, जिल्ला र क्याम्पस निष्क्रिय छन् ।

११औँ महाधिवेशनपश्चात् पहिलो बैठकले संगठन सुदृढीकरण र समन्वयका लागि विभिन्न कार्यदल गठन ग¥यो, जसमा संविधान कर्यान्वयनका लागि दबाब अभियान, शैक्षिक गुणस्तर, स्ववियु निर्वाचन आदि विषय समेटिएका थिए । तर, जनमानसमा देखिने गरी यी कार्यदलले काम गर्नु त परको विषय, बैठक बसेकोसमेत जानकारी छैन । केन्द्रीय समितिको दोस्रो बैठकमा आइपुुग्दा मर्यादाक्रमको विषयलाई लिएर हामीबीच द्वन्द्व सुरु भयो । जसबाट बैठक नै दुुईवटा स्थानमा बस्ने परिस्थिति बन्यो । लामो अन्तरालमा हुने भनिएको स्ववियु निर्वाचनमा टिकट वितरण कार्यदल नै विधानविपरीत बन्यो, जसमा उपत्यका र प्रदेशका सहमहामन्त्री नै परेनन् । उम्मेदवार छनोटमा देखिएको विवादका कारण विभिन्न क्याम्पसमा तालाबन्दी गर्ने परिस्थिति सिर्जना भयो ।

११औँ महाधिवेशनमा बन्दसत्रविनै सीधै निर्वाचन गरिएको थियो, जसका कारण पहिलो बैठकले नै नीति तथा कार्यक्रम निर्माण गरी केन्द्रीय समितिसमक्ष अध्यक्षको नेतृत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरियो । तर, १७ महिना बितिसक्दा पनि अझै नीति तथा कार्यक्रम बन्न सकेको छैन । नीति तथा कार्यक्रमविनै संगठन चलाइरहनु अध्यक्षले संगठनको विधि र विधान भुुल्नु होइन र ? यसरी संगठन अस्तव्यस्त अवस्थामा पुुग्दा केन्द्रीय समितिमा रहेको आफ्नो उपस्थितिप्रति नै प्रश्न गर्ने अवस्था बनिसकेको छ । त्यसैले माउपार्टी चलायमान भएन, चुस्त भएन भनेर झकझक्याउने नैतिक आधार पनि नेविसंघले गुमाउन थालेको छ । किनभने सिसाको घरमा बसेर बाहिरका मानिसलाई ढुंगा प्रहार गर्ने मुख्र्याइँ गर्न सकिन्न ।

दोस्रो बैठकबाटै विभक्त नेविसंघ प्रशिक्षणको नाम दिएर तेस्रो बैठक राखियो । तर, मातृपार्टी कांग्रेसले बनाएको नेविसंघ निर्देशन समितिको भाषण सुन्ने थलोका रूपमा मात्र तेस्रो बैठक सकियो । त्यसयता आजसम्म कोठामा दुुई–चारजना साथीको भेटघाटबाहेक बैठक बस्न सकेको छैन । संगठन सुदृढीकरणका लागि न त बैठक बस्न सक्यो । बरु प्रदेश र क्षेत्रगत तहबाट भएका कार्यक्रमलाई नै स्पष्टीकरणका नाममा झनै धुु्रवीकृत बन्ने अवस्था सिर्जना गरियो । निर्वाचित केन्द्रीय समितिको आकर्षक कार्यक्रमको रूपमा जहाँ विद्यार्थी, त्यहाँ नेविसंघ भन्ने नारासाथ त्रिचन्द्र क्याम्पसबाट पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा शुुभारम्भ गरिएको सदस्यता वितरण महाअभियान केबल औपचारिकतामा मात्र सीमित बन्न पुुग्यो । जिल्ला, क्षेत्र, क्याम्पस, सिटिइभिटी र माविसम्म पुु¥याउने लक्ष्य लिइएको सदस्यता वितरण महाअभियान त्रिचन्द्रको प्रांगणबाहिर आउनै सकेन । केन्द्रीय समितिमा निर्वाचित भएको एक सदस्यको हैसियतले यी सब कार्य हुनुमा आपूmलाई पनि दोषको भागीदार ठान्नुबाहेक थप केही गर्न नसकिने अवस्थामा पुगिएको छ ।

यो त भयो संगठनमा देखिएको आन्तरिक अस्तव्यस्तता । अर्कातर्फ हामी मातृपार्टीलाई विधानसम्मत नचलेको भनी खबरदारी गरिरहेका छौँ । अझ पुस्ता हस्तान्तरण हाम्रो भाषणको विषय बन्ने गर्छ । तर विडम्बना, हामीले संगठनलाई विधानअनुसार सञ्चालन गर्नु त परको विषय, केन्द्रीय समितिलाई पूर्णता दिन र विभिन्न विभागसम्म गठन गर्न सकेका छैनौँ । चुनावअघि दिएको नाराजस्तै नेतृत्व इमानदार भए अब अर्को महाधिवेशनको तयारीमा लाग्नुपर्ने हो, किनकि बाध्यात्मक अवस्थाको नाममा समय नथपिए आगामी भदौदेखि यो नेतृत्वको कार्यकाल सकिन्छ । कार्यकाल सकिनुअघिसम्म विभिन्न विभाग गठन भए भने पनि त्यसले के काम गर्ला ? सोचनीय छ । वास्तवमा आज नेपाली विद्यार्थी आन्दोलन गम्भीर मोडमा आइपुुगेको छ । आन्तरिक किचलो र प्रतिस्पर्धा फरक विषय हो, वाम एकता हुँदै गरेको अवस्थामा आफ्नो अस्तित्व जीवन्त राख्न र विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउन हाम्रो धेरै क्रियाशीलता अपरिहार्य छ । तर, त्यसनिम्ति नेतृत्वका साथै गुट र उपगुटमा रमाउनेहरूले संगठनको बाह्य वातावरण सुुदृढीकरणमा कहिले दिन्छन् ध्यान ?

हाम्रो गुटगत राजनीतिको चक्रव्यूहका कारण विद्यार्थी अधिकारका लागि खर्चनुपर्ने मूल्यवान् समय कोठे बैठकमा त सीमित भएन हाम्रो ? शिक्षामा समानता, सर्टिफिकेट राखेर स्वरोजगारका लागि राज्यले बनाउनुपर्ने वातावरण, आधुनिक, प्राविधिक, शिक्षामा समयानुकूल परिमार्जन र प्रविधिमैत्री शिक्षालगायत हाम्रा एजेन्डालाई अरूले बोक्ने परिस्थिति बन्न दिनु हुन्न । यसका लागि अब नेतामुखी होइन, नीतिमुखी हुँदै आन्तरिक व्यवस्थापन गरी संगठन सबलीकरणमा लाग्न ढिला भइसकेको छ ।

विद्यार्थी अधिकारलाई सडकमा बहसमा ल्याएर गन्तव्यमा पुर्‍याउने र त्यसको उत्सव मनाउनेतिर लाग्न छाडेर व्यक्तिका जन्मोत्सव सामाजिक सञ्जाल तथा रेस्टुरेन्ट र होटेलमा मनाउन थाल्नु र विभिन्न ‘फ्लेवर’का बर्थडे केक काट्दै गर्दा देखिने एकताका झलक किन मुद्दामा विभाजित र विभक्त हुन्छन् ?
आशाअनुरूप कर्म नहुँदा निराशा उत्पन्न हुनु स्वाभाविक हो । तर, त्यही निराशाभित्र पनि आशा खोज्न सक्नु र भरोसायोग्य वातावरण बनाउनु नेतृत्वको गुण हो । आज नेविसंघमा निराशाभित्र आशा खोज्दै नयाँ कार्यदिशा र कार्यक्रमसहित अगाडि बढ्नु नेतृत्वको दायित्व हो । देशभित्र मात्र होइन, विदेशमा समेत अध्ययनरत नेविसंघप्रति आस्थावान् साथीलाई एकत्रित गर्दै सक्षम, सबल र ऊर्जाशील नेविसंघ निर्माणमा हामी केन्द्रीय समितिमा रहेका सदस्य तथा पदाधिकारी चुकिरहेका छौँ । यसतर्फ ध्यान दिँदै विद्यार्थीका वर्गीय तथा शैक्षिक मुद्दालाई उठान गर्दै नेविसंघको पुरानो साख जोगाउनु आजको अवश्यकता हो ।
(भट्ट नेविसंघ केन्द्रीय सदस्य हुन् )

तपाईको प्रतिक्रिया