logo

bar

पार्टी एकतापछि मात्र सरकार गठन : पौडेल

राजकुमार गोले काभ्रे, १ फागुन | फागुन ०१, २०७४

माओवादी केन्द्रका स्थायी कमिटिका सदस्य एव सांसद देवेन्द्र पौडेलले पार्टी एकतापछि सरकार गठन हुने बताएका छन् । नेपालमा बामपन्थी शक्तिहरु एक ठाउँमा केन्द्रितकृत हुन आवश्याकता रहेको बताए । उनले भने, ‘एमाले र माओवादी केन्दको पार्टी एकतापछि मात्रै सरकार गठन हुन्छ । ढुंक्का हुनुस् एक दुई दिनभित्रमा पार्टी एकताको घोषणा हुन्छ ।’

२३ औँ जनयुद्ध दिवसको अवसरमा मंगलबार काभ्रे आएका नेता पौडेलले एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद दर्शन पार्टी एकतापश्चात महाधिवेशनबाट टुंगिने बताए ।
उनले जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने बताए । नेता पौडेलले भने, ‘एमालेको जबज र माओवादीको माओवादको अन्तिम विन्दु एउटै भएकाले कुन मान्ने वा नमान्ने भन्ने समस्या आउने ति समस्यालाई महाधिबेसनबाट टुङगो लगाउने छ ।’

महाधिबेसनसम्म दुबै बिषयलाई बहसको लागि लाने समेत बताए । ‘धेरैको भनाई छ, दूई पार्टी एकता हुनु भनेको एमाले माओवादीमा विलिन हुनु हो र माओवादी एमालेमा विलिन हुनु हो, तर त्यो होईन, यो त नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण हो ।’ पौडेलले भने ।

उनले २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी बीचमा विभिन्न विचारधाराका साथ विभाजन भएसंगै पछिल्लो अवस्थामा नेकपा माओवादी केन्द्रले २१ औं शताब्दीको जनवादलाई मार्गदर्शक सिद्धान्त र एमालेले जनताको बहुदलिय जनवाद जे भनेपनि आखिर ति दुवैको निश्कर्ष निरंकुश राजतन्त्रात्मक ब्यवस्थाको समुल नष्ट गर्दै समाजवादी ब्यवस्था स्थापना गर्नुरहेकोले खासै ठूलो भिन्नता नरहेको बताए ।

अन्तरबिरोध भए महाअधिवेनबाट टुङ्गो लगाउने छौँ

एक अर्का पंशगमा नेता पौडेलले भने,‘त्यस्तो कुनै विषयमा अन्तरविरोध भए महाअधिवेनबाट टुङ्गो लगाउने हो, भोलि वा पर्सी नै पाटी एकता हुन्छ, कहिँकतैबाट जे सुनिए वा बुझिए पनि त्यसको पछि नलाग्न सबैलाइ आग्रह गरे ।

नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरुबीच सबै विषयमा सहमति भइसकेको भन्दै पार्टी एकताको विषयमा कुनै भ्रम नरहेको बताए । उनले अबको केही दिनमा बामपन्थीको स्थायी सरकार बन्ने र ति सरकारले बाम एकता र बामलाई दिएको जिम्मेबारी अनुसारको बिकास, सुशासन र आर्थिक समृद्धि सहितको जनताको हितमा काम गर्ने बताए ।

सो कार्यक्रममा पुर्व राज्यमन्त्री सुर्यमान दोङ, सांसद गंगाबहादुर तामाङ, सांसद बसुन्धारा हुमागाई, नेकपा एमाले काभ्रे जिल्ला उपाध्यक्ष एव धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यन्जु लगायतले बाम एकता आवश्यकता र चुनौतिको बिषयमा प्रष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु