logo

bar

मुख्यमन्त्री नियुक्त भएकाे भोलिपल्टै सडक अनुगमन

दिपेन्द्र अधिकारी चितवन, १ फागुन | फागुन ०१, २०७४

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पदभार सम्हालेको भोलिपल्टै सडक अनुगमनमा निस्किएका छन् । मुख्यमन्त्री पौडेल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले मंगलबार नारायणगढ मुग्लिन सडकखण्डको अनुगमन गरेका हुन् ।

मुख्यमन्त्रीको टोली १५ किलो भन्ने ठाउँ सम्म पुगेको थियो । पौडेलले सडक विस्तार सुरु भएको लामो समय बित्दा पनि नसकिएको भन्दै छिटो काम सक्न आयोजना प्रमुखलाई निर्देशन दिए  ।

मुख्यमन्त्रीलाई अहिलेसम्म आयोजनाको काम ७५ प्रतिशत सकिएको जानकारी गराइएको आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले बताए । अनुगमनकै क्रममा मुख्यमन्त्रीको टोलीले दासढुङगामा रहेको मदन भण्डारी र जिवराज आश्रतिको शालिकमा माल्यार्पण समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया