logo

bar

इतिहासको आवश्यकतालाई बोध गरी पार्टी एकता अन्तिम चरणमा : प्रचण्ड

सन्ताेष भट्टरार्इ काठमाडाैँ | फागुन ०१, २०७४

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै कम्युनिष्टहरु पार्टीलार्इ मिलाएर एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानका साथ एमाले र माअाेवादीबीच पार्टी एकता हुन लागेकाे बताएका छन् ।उनले पार्टी एकतालाई जनयुद्द दिवसकै दिन टुंगोमा पुर्‍याउने कोशिसमा रहेको पनि बताए ।

२३औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले जनताको साथ र सहयाेगबाट शक्ति सञ्चय गरेर मात्रै समाजवादमा पुग्ने लक्ष्य पुरा हुने बताए ।  उनले नेपालमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरु एक हुनु जरुरी रहेको बताए ।

उनले इतिहासको आवश्यकतालाई बोध गरेरै पार्टी एकता अन्तिम चरणमा पुगेको पनि जानकारीप्ब दिए । प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा जनयुद्दको विशेष भूमिका रहेको स्विकारेको बताए ।

उनले पूर्वसहकर्मी विप्लव, मोहन वैद्य किरणलाई द्वन्द्वात्मक भौतिकवादलाई यथार्थरुपमा बुझेर अघि वढ्नसमेत आग्रह गरे । ‘माओले मास लाइनको कुरा गर्नुहुन्थ्यो, अहिले नेपाली जनताले के चाहन्छन् ।’   प्रचण्डले भने,‘त्यो बुझेर एकतामा आउनका लागि अपील मात्रै होइन, विशेष अपील पनि गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु