logo

bar

एनसेलको टावरलाई लक्षित गरी वम बिस्फोट

दिपेन्द्र अधिकारी चितवन, १ फागुन | फागुन ०१, २०७४

चितवनको रत्ननगर स्थित सौराहामा रहेको एनसेलको टावरलाई लक्षित गरी गएराती कुकर वम विष्फोट भएको छ । राति करिव १२ वजेको समयमा अज्ञात समूहले टावरमा प्रेसर कुकर वम बिस्फोट गर्दा टावरको उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार राती अज्ञात समुहले प्रेसर कुकर बम विष्फोट गराएको भएपनि टावरमा भने क्षति हुन पाएन ।

तल्लो सतहमा रहेको केही उपकरणमा सामान्य क्षति भएको उहाँको भनाई छ । विप्लव समुहको नेपाल कम्यूनिष्ट पार्टीले आक्रमण गरेको अनुमान प्रहरीको छ । घटनामा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया