logo

bar

एकै परिवारद्धारा तीन वर्षदेखि बृहत निःशूल्क स्वास्थ्य शिविर : १४ सय वढीले सेवा लिए

टोपलाल अर्याल गुल्मी | माघ २९, २०७४

गुल्मीका एक समाजसेवी व्यक्तिको आर्थिक सहयोगमा निःशूल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सो शिविरबाट एक हजार चार सय बढी बिरामीले सेवा लिएका छन् । मानबहादुर एण्ड मायादेवी फाउन्डेशनको आयोजनामा जिल्ला अस्पताल तम्घासमा गुल्मी दुई दिने निःशूल्क औषधिसहितको स्वास्थ्य शिबिर आयोजना गरिएको थियो । शिबिरमा गुल्मीका एक हजार र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अर्घातोषका चार सय भन्दा वढी विभिन्न रोगका विरामीहरुले सेवा लिएको सहयोगी संस्था लोक दोहोरी प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले जानकारी दिए । जिल्लाको सदरमुकाम तम्घासमा उक्त फाउन्डेसनले ०७२ सालदेखि निरन्तर विशेषज्ञ डाक्टरसहितको निःशूल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।

जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोड निवासी समाजसेवी मानबहादुर श्रेष्ठ र मायादेवी श्रेष्ठका छोराहरु ज्ञानेश्वर श्रेष्ठ, हिरन्यराज श्रेष्ट नरेन्द्रमान श्रेष्ट र बिरेन्द्र श्रेष्टको आर्थिक सहयोगमा दुई दिने बृहत स्वास्थ्य शिबिर आयोजना भएको हो । स्वास्थ्य शिबिरमा दाँत, हात खुट्टा, ढाड कम्मर पोल्ने, झमझमाउँने, बाथ रोग युरिक एसिड, सुगर रोग, मुटुको समस्या, इसिजी सेवा, नाक कान घाँटी सम्बन्धी समस्या, खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्य हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्री सम्बन्धी महिनावारी अनियमित हुने लगायतका समस्याका लागि बिशेषज्ञ डाक्टरहरुबाट चेकजाँच भएको थियो ।

बिभिन्न रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिव, बिपन्न परिवारहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको समाज सेवी श्रेष्ठका छोरा ज्ञानेश्वर श्रेष्ठले बताए । उनले समाजमा उपचार गर्न नसकेर गाउँमै रोग पाल्न विवश असायहरुलाई स्वास्थ्य सेवाको पहँुच ल्याउने मुख्य उदेश्य रहेका बताए । उनले अघिल्ला शिबिरहरुबाट उपचार पाएका बिरामीहरु आफनो रोग निको भयो भन्दै पुन यो शिबिरमा आएर धन्यवाद दिएकाले त्यसले झनै प्रेरणा मिलेको बताए ।

श्रेष्ट परिवारले यो निशुल्क शिबिरलाई व्यावस्थित गरी आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए । शिबिरमा बिशेषज्ञ डाक्टरहरुको चेकजाँच र औषधीको पूर्ण रुपमा निशुल्क दिने गरि श्रेष्ठ परिवारको आर्थिक सहयोग गरेको थियो । स्वास्थ्य शिबिरका लागि काठमाडौबाट बिशषेज्ञ डाक्टरसहितको ३४ जनाको मेडिकल टोली गुल्मी आएको थियो । शिबिरलाई सम्पन्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्तिठान गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, शसस्त्र प्रहरी वल गुल्मी, विरभद्र जंग गुल्म, श्री सत्यसाई केन्द्र तम्घास र रेसुङ्गा युवा क्लव, लेकबेसी आमा समुहले व्यावस्थापन गरेका थिए । शिबिर सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न संघ संस्था र डाक्टरहरुलाई फाउन्डेशनको तर्फबाट गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले सम्मान पत्रले सम्मन गरेका थिए ।

तपाईको प्रतिक्रिया