logo

bar

ब्लडमनी तिर्न नसकेर नेपाल फर्कन नपाएका टोपबहादुरलाई एनआरएनले १० प्रतिशत सहयोग गर्ने

लक्ष्मण खनाल युएई | माघ २९, २०७४

ब्लडमनी तिर्न नसकेर घर फर्कन नपाएका चितवन खैरेनीका टोपबहादुर विकको गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदले १० प्रतिशत सहयोग गर्ने भएको छ ।

टोपबहादुरको लागि कुल रकमको दश प्रतिशत करिब २ लाख ८० हजार नेपाली रुपैयाँ सहयोग गर्ने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताए । उनका अनुसार एनआरएन मध्यपुर्व संयोजक आरके शर्मा, उपसंयोजक गोपाल कँडेल, आइसिसि सदस्य ठाकुर ढुंगाना, चित्र केसी र मनोज कुमार श्रेष्ठको विषेश पहलमा आइसिसिले उक्त निर्णय गरेको थियो ।

टोपबहादुर युएईको अल एनमा रहेको लिमा कन्ट्राक्टीङ्ग एलएलसीमा कार्यरत थिए । करीब ४ बर्ष पहिले (२ जुन २०१४) मा काम गर्ने शिलशिलामा क्रेन दुर्घटना भएको थियो । उक्त क्रेनबाट लडेर २ जना थाइल्याण्डका नागरिकको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै क्रेन अपरेटर पाकिस्तानी नागरिक र हेल्परको रुपमा रहेका टोपबहादुर लाई ४ महिना २२ दिन जेल जीवनमसते विताइसकेका छन् ।

युएईको अदालतले मृतकका परिवारलाई ब्लडमनीस्वरुप ४ लाख युएई दिराम दिनुपर्ने फैसला गरेको थियो । जसमध्ये २ लाख दिराम उनले काम गरेको लिमा कम्पनीले, क्रेन अपरेटर (पाकिस्तानी नागरिक) र टोपबहादुरले एक÷एक लाख ( करिब २८ लाख नेपाली रुपैयाँ) दिनु पर्ने फैसला गरेको थियो । उक्त ब्लडमनी तिर्न नसक्दा टोपबहादुर घर फर्कन पाएका छैनन् ।

गैर आवासिय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठले दुतावास मार्फत पनि उनको उद्दारको लागि पहल भइरहेको बताए । कार्यबहाक राजदुतलाई भेटेर उनको लागि निवेदन गरेको र दुतावासले पहल गर्ने आश्वासन दिएको बताए ।

तपाईको प्रतिक्रिया