logo

bar

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए सपथ

सुदिप सिवाकोटी/ वीरेन्द्र वली हेटौँडा, २९ माघ | माघ २९, २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार बिहान ९ः ३० बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराएकी हुन् । मुख्यमन्त्री पौडेलले आजै पदभार सम्हाल्ने छन् ।

एमाले–माओवादी सांसदहरुको आइतबार छुट्टा–छुट्टै बसेको बैठकले संयुक्त हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएपछि अनुराधा कोइरालाले मुख्यमन्त्रीका लागि सपथ ग्रहण गराएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु