logo

bar

पृथ्वी सुब्बा गुरुङलार्इ प्रदेश ४ काे मुख्यमन्त्री बन्ने बाटाे खुल्याे

जीवन बस्नेत पोखरा, २८ माघ | माघ २८, २०७४

प्रदेश नम्बर ४ को संसदीय दलकाे नेतामा एमाले केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ सर्वसम्मत चयन भएका छन् । उनी र किरण गुरुङ दुवैजना दलकाे नेताका दाबेदार थिए ।

दलकाे नेता चयनका लागि निर्वाचन नै गर्नुपर्ने अवस्था सृजना भएपछि एमाले जिल्ला कमिटी कास्कीको सभा हलमा बसेको बैठकले उनको नाममा सहमति जुटाएको हो ।

यसअघि सहमति नजुटेको खण्डमा निर्वाचन गराउनका लागि निर्वाचनको कार्यतालिका समेत घोषणा भइसकेको थियो । अन्तिम समयमा आएर उनलाई संसदीय दलकाे नेतासँगै मुख्यमन्त्री बनाउने एमालेले सहमति कायम गरेकाे छ ।

प्रदेश ४ का कुल ६० सांसदमध्ये एमालेका २७ जना छन् । त्यसमध्ये अधिकांश सांसद पार्टी अध्यक्ष केपी अाेली पक्षका छन् । आकांक्षी दुवै अाेली पक्षका रहेकाले नेता छान्न नेतृत्वलाई मुस्किल परेको थियाे । मुख्यमन्त्रीका लागि संसदीय दलकाे नेता हुनुपर्ने संवैधानिक प्रावधान छ ।

तपाईको प्रतिक्रिया