logo

bar

नरोक्नुहोस् हाछ्युँ

नयाँ पत्रिका काठमाडौं, २८ माघ | माघ २८, २०७४

प्रायः मान्छेहरूको भिडभाडमा रहँदा हाछ्युँ आयो भने रोक्ने बानी धेरैको हुन्छ । तर, हाछ्युँ रोक्नु राम्रो नहुने अनुसन्धानमा संलग्न विभिन्न विज्ञहरूले बताएका छन् । अरूलाई असर नपार्न रुमाल या हत्केलाले छेकेर भए पनि हाछ्युँ गर्नुपर्छ, तर हाछ्युँ रोक्न नै भने हुँदैन :

हाछ्युँ रोक्दा खतरा
०   कानको जाली फाट्ने र सुन्ने शक्ति नै बन्द हुन सक्छ ।
०   रोगका कीटाणु शरीरभित्र प्रवेश हुन पाउँछन् ।
०   दबाबका कारण आँखाका रक्तकोषिकाहरूमा असर पर्छ ।
०   मस्तिष्क र गर्दनमा पीडा हुन्छ ।

०   अस्वाभाविक रूपमा हाछ्युँ आउनु कुनै रोगको लक्षण हुन सक्ने भए पनि वेला–वेला हाछ्युँ आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । रुघा लाग्दा धेरै हाछ्युँ आउनेलाई चाँडो सन्चो हुनुका साथै पिनास हुने डर हुँदैन । नाकका माध्यमबाट शरीरमा प्रवेश गर्न सक्ने संक्रमणबाट बचाउन पनि हाछ्यँले भूमिका खेल्छ । त्यसैले विभिन्न कोसिस गरेर आवश्यक समयमा हाछ्युँ निकाल्ने प्राकृतिक तरिका पनि अपनाइने गरिन्छ ।

०  शरीरमा प्रवेश गर्ने प्रयत्न गरिरहेका ब्याक्टेरिया या हानिकारक कण हामीले गरेको हाछ्युँका कारण प्रतिघन्टा एक सय ६० किलोमिटरको गतिले बाहिर आउँछ । हामी गम्भीर संक्रमणबाट बच्न सक्छौँ ।

०  मान्छेको भिडमा हाछ्युँ लाग्दा असहज महसुस हुन्छ । हाछ्युँ गर्दा नजिकका व्यक्तिले पनि अप्ठ्यारो महसुस गरिरहेका हुन्छन् । तर, हाछ्युँ रोक्ने कोसिस कहिल्यै नगर्नुहोस् । हाछ्युँ रोक्दा शरीरका अंगहरूमा दबाब पर्न जान्छ । मुख्यतः कान, दिमाग, गर्दनमा नराम्रो असर पर्न जान्छ ।

तपाईको प्रतिक्रिया