logo

bar

माउन्ट ग्लोरीलाई उपाधि

नयाँ पत्रिका काठमाडौं, २७ माघ | माघ २७, २०७४

माउन्ट ग्लोरीले दोस्रो नेफसाइपाल यू–१६ फाएभ ए साइड उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा माउन्ट ग्लोरीले नेपालयलाई ७–० ले पराजित गर्‍यो ।

माउन्टका आयुस घलानले ह्याट्रिक गरेका थिए । प्रितम तामाङ र दीपेश गुरुङले २–२ गोल गरे । चुच्चेपाटीमा भएको प्रतियोगितामा विज्ञानले तेस्रो स्थान रक्षा गर्‍यो ।

माउन्ट ग्लोरीका ह्याट्रिककर्ता आयुस उत्कृष्ट खेलाडी घोषित भएका छन् । विज्ञानका सागर अधिकारी उत्कृष्ट गोलरक्षक चुनिए । विजेतालाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए । प्रतियोगिताबाट उत्कृष्ट १६ खेलाडी छनोट गरी फिलिपिन्समा मैत्रीपूर्ण प्रतियोगिताका लागि अवसर दिइने नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए ।

१० उत्कृष्टलाई साइपालले प्लस टु अध्ययनका लागि ६० हजारबराबरको छात्रवृत्ति प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया