logo

bar

गज्जब! न्यु फेसमा गायिका, तृतीया गुरुङ

नुनुता राई काठमाडाैं | माघ १७, २०७४

तृतिया गुरुङ नवगायिका हुन् । विगत तीन वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा नयाँ आवाज लिएर उदाएकी छिन् । पद्मकन्या क्याम्पसमा बी म्युजिक तेस्रो वर्षमा अध्ययनरत गुरुङ साधना कलाकेन्द्रमा संगीत सिकिरहेको बताउँछिन् । धरानकी तृतीया गुरुङ सानैदेखि गीत–संगीतप्रतिको मोहले म्युजिक क्षेत्रमा लागेको बताउँछिन् ।


युट्युबमा दुईवटा गीत र एउटा म्युजिक भिडियो सार्वजानिक गरेपछि राम्रो प्रतिक्रिया पाएपछि झनै हौसिएको उनी बताउँछिन् । भन्छिन्, ‘अर्को गीतको पनि म्युजिक भिडियो बनाउने सोचमा छु । सबैको मायाले म निकै हौसिएकी छु ।’ रेकर्ड भइसकेको दुईवटा गीतको पनि म्युजिक भिडियो बनाउने तयारी गरिरहेको उनी बताउँछिन् ।
दर्शक तथा श्रोताको मन जित्नेखालको ल्याउने तयारीले केही ढिलो हुन सक्ने उनको भनाइ छ । केही समयपछि आफ्नो एकल एल्बम निकाल्ने पनि सोचमा रहेको उनले बताइन् । नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत नवगायिका आफ्नो लगाव र मिहिनेतले सफल हुने आत्मविश्वास राख्छिन् ।

 

तपाईको प्रतिक्रिया