logo

bar

माओवादी केन्द्रबाट काे-काे बने राष्ट्रिय सभाका उम्मेदवार ?

सन्ताेष भट्टरार्इ काठमाडाैँ | माघ ०९, २०७४

आसन्न राष्ट्रिय–सभाको निर्वाचनका लागि माअाेवादी केन्द्रले १३ जना उम्मेदवारको अन्तिम नाम टुंगो लगाएको छ । माओवादी शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठबीच बसको बैठकले अन्तिम नाम टुंगो लगाएको हो ।

माओवादीले प्रदेश नम्बर ३ को खुल्ला सदस्यबाट बादललाई पठाउने सोमबार नै निर्णय गरेको थियो भने बाँकी १३ जनाको अन्तिम नामावली आज टुंग्याएको हो । माअाेवादीले प्रदेश नम्बर २ बाट महिला सदस्यमा शशिकला दाहाललार्इ पठाउने निर्णय गरेकाे छ भने  एक जनाकाे नाम टुंग्याउन बाँकी नै रहेकाे छ ।

२ नं. प्रदेशमा केही समस्या देखिएकाले आजै उम्मेदवारको अन्तिम नाम टुंग्याउने गरी गृहकार्य भइरहेको माओवादी नेता कुमार पौडेलले जानकारी दिए । उनले सो प्रदेशबाट राष्ट्रिय–सभामा महिलालाई पठाउने गरी छलफल भइरहेको पनि बताए ।

माओवादीबाट राष्ट्रिय सभाका उम्मेदवारहरु  

प्रदेश नं. १ 

बीना पोखरेल (महिला)

प्रदेश नं. २

शशिकला दाहाल (महिला)

प्रदेश नं. ३

रामबहादुर थापा ‘बादल’ (खुला)
गंगा पराजुली (महिला)

प्रदेश नं. ४

दीनानाथ शर्मा (खुल्ला)
खीमकुमार बि.क. (दलित)

प्रदेश नं. ५

राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
चन्द्रबहादुर खड्का (खुला)

प्रदेश नं. ६

जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं. ७

लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुला)

राष्ट्रिय सभामा बादललाई पठाउने माओवादीको निर्णय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु