logo

bar

गौचन हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ

नयाँ पत्रिका काठमाडौं, ९ माघ | माघ ०९, २०७४

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य अभियुक्त भनिएका सुटर श्याम गुरुङ पक्राउ परेका छन् ।

गुरुङलाई चितवनबाट केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको श्रोतले जनाएको छ । काठमाडौंको बानेश्वरस्थित खरीबोटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गएको असोज २३ गते गोली हानी हत्या गरिएको थियो ।

हत्याका योजनाकार समिरमानलाई प्रहरीले गत मंसीर १७ गते पक्राउ गरी सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया