logo

bar

२ सय चेलीबेटी बेचबिखनका आरोपित सुनबहादुर ५ लाख धरौटीमा रिहा, रिहापछि पुनः पक्राउ

निराजन पौडेल काठमाडौं, ८ माघ | माघ ०८, २०७४

चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

भारतको बम्बईमा आफ्नै कोठी सञ्चालन गरेर दुई सय नेपाली महिला बेचबिखन गरेको अभियोग तामाङमाथि लागेको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्बन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए । बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई पक्राउ गरी मानब बेचबिखन मुद्दा दायर गरेको थियो। १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनलाई धरौटीमा छाड्ने आदेश भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन्।

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनीविरुद्ध मुद्दा दायर भएको थियो।

गाउँपालिका वडाध्यक्षको भारतमा चारवटा कोठी : कहाँ–कहाँ छन् कोठी ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु