logo

bar

बालबालिकाको मनोविज्ञानमा आधारित शिक्षण पद्धति

नयाँ पत्रिका काठमाडौं | माघ ०८, २०७४

मन्टेसरी स्कुलमा हाल बालबालिकाको सुरक्षा, उचित हेरचाह, शारीरिक विकास, आत्मरक्षाका लागि खेल विशेषज्ञद्वारा तेक्वान्दो, पौडीजस्ता बालमनोविज्ञान अन्तर्गतका विभिन्न प्रकारका खेल सुविधा छ

शिक्षा क्षेत्रमा नौ वर्षदेखि परम्परागत शिक्षण पद्धतिभन्दा फरक ढंगले समयसापेक्ष आधुनिक पद्धतिका साथ बालबालिकाको सूक्ष्म मनोविज्ञान बुझेर शिक्षा प्रदान गर्दै आएको काठमाडौंको धापासीस्थित एन्जेल मन्टेसरी एन्ड प्रि–स्कुलकी प्रिन्सिपल अनु डंगोल राई बताउँछिन् ।

स्कुलले बालबालिकाको शैक्षिक विकास मात्र नभएर शारीरिक, बौद्धिक, मानसिक, सामाजिक, नैतिक विकासका लागि फरक किसिमले विभिन्न प्रकारका कार्यक्रममार्फत बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको उनको भनाइ छ ।

अनु डंगोल राई प्रिन्सिपल, एन्जेल मन्टेसरी एन्ड प्रि–स्कुल, धापासी, काठमाडौं

बच्चाहरूलाई घोकन्ते विद्याभन्दा पनि खुला बालमनोविज्ञान बुझेर शैक्षिक भ्रमण, एडभेन्चर टुर, प्रकृतिसँग नजिक गराउँदै वातावरण भूगोलको स्पटमा व्यावहारिक जानकारी दिँदै युरोपियन पद्धतिबाट मनोरञ्जनका साथ सरल र सहजपूर्ण तवरले शिक्षा प्रदान गर्दा उनीहरूको मनोविज्ञान बुभ्mन सकिने उनको अनुभव छ ।

मन्टेसरी स्कुलमा हाल बालबालिकाको सुरक्षा, उचित हेरचाह, शारीरिक विकास, आत्मरक्षाका लागि खेल विशेषज्ञद्वारा तेक्वान्दो, पौडीजस्ता बालमनोविज्ञानअन्तर्गतका विभिन्न प्रकारका खेल सुविधा रहेको प्रिन्सिपल डंगोलले जानकारी दिइन् । मन्टेसरीमा संगीत विशेषज्ञद्वारा गीत–संगीत नृत्य, चित्र विशेषज्ञद्वारा चित्रकला, आधुनिक खेल मैदान, खेलकुद सामग्रीलगायत भौतिक सुविधा पर्याप्त रहेका छन् ।

मन्टेसरीले विभिन्न जातिका सांस्कृतिक रीतिरिवाज परम्परासमेत सिकाउँदै आएको प्रिन्सिपल डंगोल बताउँछिन् । बालबालिकाको सूक्ष्म मनोविज्ञानलाई बुझेर आधुनिक र वैज्ञानिक ढंगले शिक्षकशिक्षिका पनि बालबालिकाजस्तै भएर फरक शिक्षण पद्धतिका साथ शिक्षा दिँदा उनीहरूको आत्मविश्वास थप बढ्ने, शिक्षक र बालबालिकाबीचको दुरी पनि घट्ने हुँदा बालमैत्री सम्बन्ध, बाल सिर्जनालाई प्रोत्साहन दिइने गरेको उनको अनुभव छ ।

डंगोल शिक्षा सेवाका लागि विभिन्न किसिमका राष्ट्रिय सम्मान र पुरस्कारले पनि सम्मानित भइसकेकी छिन् ।

तपाईको प्रतिक्रिया