logo

bar

ऐलामा काजोल

एजेन्सी काठमाडौं | माघ ०८, २०७४

अभिनेत्री काजोल पछिल्लोपटक शाहरुख खानको दिलवाले फिल्ममा देखिएकी थिइन् । काजोलका फ्यानहरू उनलाई पर्दामा फेरि पनि पति अजय देवगणसँग हेर्न चाहन्छन् । दर्शकको त्यो चाहना तत्काल पूरा हुने नदेखिए पनि काजोललाई भने एकपटक फेरि पर्दामा हेर्न पाइने भएको छ ।

काजोल होम प्रोडक्सनको नयाँ फिल्म ऐलामा अभिनय गर्ने पक्का भएको छ । प्रदीप सरकारको निर्देशनमा बन्ने सो फिल्मको सहनिर्मात्ँ अजय देवगण र अभिनव शुक्ला छन् । काजोल मुख्य भूमिकामा रहेको फिल्मको सुटिङ २४ जनवरीबाट सुरु गरिने बताइएको छ । खबरअनुसार यो फिल्म गुजराती नाटक बेटा कागदोमा आधारित छ ।

फिल्ममा काजोल गायिकाको भूमिकामा हुनेछिन् । कथाअनुसार गायिका बन्न चाहने काजोलको कम उमेरमै बिहे हुन्छ । जसले गर्दा उनले आफ्ना सपना खुम्च्याएरै बस्नुपर्ने हुन्छ । पछि उनको वैवाहिक सम्बन्ध अन्त्य हुन्छ । त्यसपछि उनले एक्लै आफ्ना बच्चालाई पाल्दै स्थापित गायिका बन्न संघर्ष गर्छिन् । ऐला यसै वर्षको जुनमा रिलिज हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया