logo

bar

डिष्ट्रिलरीमा फेला परेको गोहीको उद्धार

ज्ञानु पंगेनी नवलपरासी | पुष २९, २०७४

नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा रहेको श्री डिष्ट्रिलरी प्रालिको हाताभित्र फेला परेको गोहीलाई उद्धार गरि नारायणी नदीमा छाडिएको छ ।

शनिवार मध्यान्ह स्थानीयले गोहीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेक्टर वन कार्यालय अरूण खोला, सशस्त्र प्रहरी चोरमारा, प्रहरी चौकी अरूणखोला र नेपाली सेनाको टोलीले गोहीलाई मधयविन्दु १५ मा पर्ने नारायणी नदीमा लगेर छाडेको सेक्टर बनकार्यालय अरुण खोलाका इन्चार्ज अरुणकुमार मिश्रले जानकारी दिए । अढाई फिट लामो वयस्क घडियाल गोही आहारा खोज्दै आएको हुनसक्ने मिश्रले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु