logo

bar

कैलालीको लम्कीमा बस दुर्घटना, ४० जना घाइते

दिलबहादुर चौधरी टीकापुर,२९ पुस | पुष २९, २०७४

कैलालीको लम्की चुहा नगरपालिक ६ स्याउले गुलरा बजार नजिक शनिबार यात्रुबाहक बस आपसमा ठोक्किदा ४० यात्रु घाइते भएका छन् । महेन्द्रनगरदेखि नारायणगढतर्फ आउँदै गरेको ना ७ ख २२६ नम्बरको बस र टीकापुरदेखि धनगढी जाँदै गरेको ना ४ ख ५१३२ नम्बरको यात्रुबाहक बस आपसमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र १९ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको लालरत्न अस्पतालमा उपचार भइरहेको र केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।

दुर्घटनामा परी बस चालक गेटा कैलालीका दिनेशबहादुर बोहोरा र नारायणी यातायात बसका चालक प्रेम श्रेष्ठ, भल्काकी रञ्जु खड्का, दाङका दानबहादुर बुढा मगर, बलियाका तारा न्यौपाने घाइते भएका छन् । यस्तै, एक जनाको परिचय खुल्न सकेको छैन

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई लम्कीस्थित लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेज कोहोल्पुर रेफर गरिएको अस्पताललाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी धनगढीका रमेश भण्डारी, महेश महरा, चेतराज जोशी, पशुपति चौधरी, गौतम थारू, भल्काका दीप प्रभात, दाङका डम्मबर कार्की, नवलपासिका टीकाप्रसाद चौधरी, हिरीमनी महतो, भुपेन्द्र महतो, धनबहादुर थापा, इन्द्रबहादुर कुमाल, रुपन्देहीका टंकप्रसाद पन्थीलगायत घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु