यहाँको भाईरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा नम्बर १, २ र ३ मा औषधी र चिकित्सकसहितको टोली पुगेको छ ।
पूर्वगृहमन्त्री तथा तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टर सहितको टिम जाजरकोट पुगेको हो ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा औषधी वितरण र सदरमुकाममा अन्तरक्रिय सहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाईरल प्रभावित क्षेत्रमा ८ क्विन्टल औषधी समेत ल्याईएको छ ।
जाजरकोटबाट काठमाडौं ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमुनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । भाईरलबाट मृत्य ुहुनेकोे संख्या १३ पुगिसकेपछि बल्ल राज्यले आँखा खोलेको स्थानीयको गुनासो रहेको छ ।