logo

bar

जाउलाखेल मैदानमा आज एनसेल मेला

नयाँ पत्रिका काठमाडौं, २९ पुस | पुष २९, २०७४

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक तथा शुभचिन्तकसँग थप नजिक भई खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा फोरजीको अनुभव प्रदान गर्न आज शनिबार ललितपुरको जावलाखेल फुटबल मैदानमा ‘एनसेल मेला २०७४’ आयोजना गर्दै छ । विराटनगर र पोखरामा सम्पन्न भइसकेको मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो ।

मेलामा सांगीतिक समूहको प्रस्तुति
गीत–संगीतलगायत सबै उमेर समूहका दर्शकका लागि विविध कार्यक्रम समावेश गरिने मेला बिहान ११ बजे सुरु भई कम्सर्टसहित साँझ ६ बजेसम्म चल्ने एनसेलले जानकारी दिएको छ । मेलामा कलाकार शिव परियार, इन्दिरा जोशी, आशिष राना (लाउरे), सांगीतिक समूह कबवेभ र द एजले सहभागीलाई आ–आफ्ना प्रस्तुतिमार्फत मनोरञ्जन दिनेछन् ।

मेलाका आकर्षण
मेलामा विभिन्न गेम स्टल, किड्स जोन, फोरजी जोन र फुड स्टल पनि रहेनछन् । मेलामा स–साना बालबालिकाको गायन प्रतिभा उजागर गर्न ‘जुनियर सिंगिङ आइडल’ कार्यक्रम आयोजना गरिने एनेसलले बताएको छ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरलगायत विविध आकर्षण रहनेछन् ।

आगन्तुकलाई मनोरञ्जन प्रदान गर्न मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेसजस्ता गेम, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइन्ड मेकअप, युनिकर्न रिङ टसजस्ता गेम पनि रहनेछन् । फोरजीलगायतका सेवाबारे सहभागीलाई जानकारी गराइने ‘पोखरा र विराटनगरमा मनोरञ्जन प्रदान गर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकलाई साथीभाइ र परिवारजनसँग खुसियाली साट्न अवसर प्रदान गर्नेमा विश्वस्त छौँ,’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने, ‘मेलामा आगन्तुकले कम्पनीले २१ साहरमा प्रदान गर्दै आएको फोरजी सेवालगायतका सुविधाबारे जानकारी लिन सक्नेछन् ।’

एनसेलले यसअघि पोखरामा पुस ८ र विराटनगरमा पुस १५ मा एनसेल मेला २०७४ आयोजना गरेको थियो । पोखराबाट सुरु भएको मेला शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजना गरिएपछि समापन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु