logo

bar

मध्यमाञ्चललाई दोहोरो उपाधि

नयाँ पत्रिका काठमाडौं | पुष २९, २०७४

राखेप च्याम्पियनसिप
मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५औँ पुरुष तथा १४औँ महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । मध्यमाञ्चल पुरुष र महिला दुवैमा च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न पुरुष फाइनलमा मध्यमाञ्चलले साबिक विजेता नेपाल आर्मीलाई ८०–७७ को साँघुरो अन्तरले पराजित गर्‍यो ।

मध्यमाञ्चलका विपिन महर्जनले १८ स्कोर गरे । नेपाल प्रहरी क्लबले एपिएफ क्लबलाई ८८–७४ ले हराउँदै तेस्रो स्थान रक्षा गर्‍यो । महिलाको उपाधि भिडन्तमा साबिक विजेता मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६३–४४ ले पाखा लगाउँदै उपाधि रक्षा गर्‍यो ।

 मध्यमाञ्चलकी अनुषा मल्लले २२ स्कोर गरिन् । आर्मीले तेस्रो स्थानमा चित्त बुझायो । आर्मीले पश्चिमाञ्चललाई ४१–२७ ले पन्छायो । चार दिनसम्म चलेको प्रतियोगिताको पुरुषमा आठ र महिलामा पाँच टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

सुटिङ : नेपाल आर्मीले २३औँ पुरुष तथा २२औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको टिम इभेन्टमा शुक्रबार ३ स्वर्ण जितेको छ । ४ स्पर्धा समावेश टिममा आर्मी ‘क्लिनस्विप’ गर्न भने वञ्चित रह्यो । १ स्वर्ण मध्यमाञ्चलले हात पार्‍यो । एयर राइफलको पुरुष टिममा आर्मी १६९८ स्कोरका साथ पहिलो भयो ।

मध्यमाञ्चल १५९८ स्कोरका साथ दोस्रो तथा मध्यपश्चिमाञ्चल १५८८ स्कोरका साथ तेस्रो भएका छन् । एयर पेस्तोलको पुरुषमा मध्यमाञ्चल १६०७ स्कोर गरी पहिलो भयो । व्यक्तिगत स्पर्धामा पनि फाइनल खेल्ने खेलाडीको टुंगो लागेको छ । क्वालिफाइङ राउन्डअन्तर्गत राइफलमा शीर्ष आठ र पेस्तोलमा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले फाइनलयात्रा तय गरेका छन् ।

गल्फ : टंकबहादुर कार्की एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्न सफल भएका छन् । प्रतियोगिताको अन्तिम दिन शुक्रबार एकलतर्फ २ ओभर ७० स्कोर गरी टंकले उपाधि हात पारेका हुन् । उनले शुक्रबहादुर राईलाई ५ स्ट्रोकले हराउँदै प्रतियोगितामा दोस्रो स्वर्ण जितेका हुन् । यसअघि, उनले टिमतर्फ पनि स्वर्ण जितेका थिए ।

टेबलटेनिस : नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउनले ३९औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष डबल्समा स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा श्यान्टु र दीपको जोडीले नेपाल आर्मीका कृष्ण थापामगर र नारायण घिमिरेको जोडीलाई ११–३, ११–२ र ११–५ को सोझो सेटमा पराजित ग¥यो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

कुस्ती
मकवानपुर/ १३औँ राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता हेटौँडामा सम्पन्न भएको छ । १५ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले समान ३–३ स्वर्ण जितेका छन् । प्रतियोगितामा कञ्चनपुरले ५३ केजी महिला, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्णपदक जितेको छ ।

बाराले ५७, ७४ र ८६ केजी तौल–समूूहमा पुरुषतर्फ स्वर्ण हात पा¥यो । पर्साले ६५ र १२५ केजी तौल–समूहमा स्वर्ण जितेको छ । नेपाली सेनाले ६० र ६० केजी महिला तौल–समूहमा स्वर्ण जित्यो । डडेलधुरा, कैलाली, बा“के, झापा र सुनसरीले समान १–१ स्वर्णपदक जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु