logo

bar

लमजुङकाे क्होलासोँथर गाउँपालिकाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

शान्ता कमली/नयाँ पत्रिका लमजुङ २९ पुस | पुष २९, २०७४

शिविरमा पहिलो पटक भिडियो एक्सरे सेवा प्रदान

क्होलासोँथर गाउँपालिकाले १ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४ सय ४ जना लाभान्वित भएका छन् । स्थानिय वासीन्दालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले शिविरको आयोजना गरेको हो ।

साे शिविरमा सेवा लिनेमा २ सय ७३ महिला र १ सय ३१ जना पुरष रहेका छन् । जसमध्ये २ सय ४२ जनाले आखाँ जाँच, १ सय ५ ले सुगर परिक्षण, ७४ जनाले दाँत सम्वन्धि र ८० जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।

२ सय ८८ जनाको सामान्य स्वास्थ्य परिक्षण गरिएको छ । आँखा जाँच गर्ने मध्ये १ सय ३१ जनालाई चस्मा वितरण गरिएको डा.डेविट किमले बताए ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा अस्पतालका प्रशासकिय प्रमुख युवराज देवकोटाको नेतृत्वमा १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।

शिविर सञ्चालनका क्रममा अस्पतालले पहिलो पटक भिडियो एक्सरे सेवा प्रदान गरेको अस्पतालका प्रसाशकिय प्रमुख युवराज देवकोटाले बताए । स्वास्थ्य परिक्षणका लागि बढि मात्रामा बृद्ध-वृद्धा आएको र अधिकांशमा आँखा र दाँतको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

शिविर लमजुङ सेवा समिति हङकङ र कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा कपुरगाउँ स्वास्थ्य चौकीमा सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया